१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

ट्रायथोलन,आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ट्रायथोलनको स्वर्ण नेपाल आर्मीका बसन्त थारुले जितेको छन्। उनले १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्।  

आर्मीका दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते। नेपाल पुलिस क्लबका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चिक्त बुझाए।  

बुधबार पोखराको लेकसाईडमा आयोजित ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड तय गरिएको थियो। महिला तर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी सोनी गुरुङले स्वर्ण पदक जितिन्। उनले निर्धारित दुरीलाई १ घण्टा १६ मिनेट २८ सेकेण्डमा पुरा गरिन्। 

नेपाल पुलिस क्लबकी श्रेबी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेण्डमा पुरा गर्दै रजत पदक जित्दा नेपाल आर्मीकी केशरी थापा मगरले १ घण्टा ३२ मिनेट २९ सेकेण्डमा पुरा गर्दै कास्य पदक चित्त बुझाईन्।

प्रकाशित: २ कार्तिक २०७९ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App