८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुद: बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जितेकी छिन्। यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल भएकी हुन्।

प्रतियोगिता अन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जित्दै उनले नौ अङ्क प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेकी निर्णायक दीपेश गिरीले जानकारी दिए। त्यस्तै महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अङ्कका साथ दोस्रो स्वर्ण जित्न सफल भएकी हुन्।

त्यसैगरी आज सम्पन्न र्‍यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अङ्कका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल भएकी आयोजकले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७९ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App