१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

चार सय मिटर रिले दौडमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

महिला चार गुणा सय मिटर रिले दौडमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेको छ। आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

प्रतियोगितामा गण्डकी प्रदेशले रजत र बागमती प्रदेशले काश्य पदक जिते। गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरी पूरा गर्दै रजत पदक जितेका हुन्।

त्यस्तै, बागमतीका लागि रजीना दुलाल, स्वगता ख्वजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दूरी पूरा गर्दै कास्य पदक जितेका हुन्।

पुरुष ४ सय मिटर रिले पुरुषमा एपिएफलाई स्वर्ण

पुरुष चार गुणा एक सय मिटर रिले दौडमा सशस्त्र प्रहरीको एपीएफ क्लवले स्वर्ण पदक जितेको छ। एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्। यो प्रतिस्पर्धामा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीले ४२.६० सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जिते।

त्यस्तै, लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका छन्।

प्रकाशित: २ कार्तिक २०७९ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App