१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टेनिसमा गण्डकीका प्रदीपलाई तीन स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका प्रदीप खड्काले तीन इभेण्टमा तीन स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका छन्।  

उनले बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन्। व्यक्तिगत विधामा टेनिसका शीर्ष बरियताका खड्काले एनआरएनका आरभ हाडालाई पराजित गर्दै स्वर्ण शिरमा भिरेका हुन्।  

०–३ सेटको दयनीय अवस्थामा पुगेका प्रदीपले लगातार सर्भिस प्वाईन्ट ब्रेक गर्दै पहिलो सेट टाईब्रेकरमा लिँदै खेलमा फर्किएका थिए। आफनो सर्भिस प्वाईन्ट गुमाएपछि दबावमा रहेको प्रदीपले खेल उल्ट्याउन निकै मेहनत गरे। एकपछि अर्को सर्भिस ब्रेक गरेपछि खड्का खेलमा फर्किएका थिए। ६–६ को अवस्था निकै प्रतिस्पर्धात्मक रह्यो। टाईबेकमा ७–६(७)ले लिदैं पहिलो सेट आफनो पक्षमा पारे।  

एक सेटले पछि परेका आरभ दोस्रो सेटमा भने प्रतिस्पर्धात्मक बन्नै सकेनन्। दोस्रो सेट ६–३ ले सोझो रुपमा लिएपछि प्रदीपले टेनिसका तीन विधामा तीन स्वर्ण पक्का गर्दै ह्याट्रिक गरे। महिला एकलतर्फको प्रतिस्पर्धामा नेपाली सेनाकी अभिलाषाले सेनाकै इरा रावतलाई ६–१,६–६ सेटमा पराजित गर्दै स्वर्ण जितिन। पुरुष सशस्त्र प्रहरीका सन्तोष खत्री र नेपाली सेनाका प्रणव खनालले कास्य जिते।  

महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जित्न सफल भए।  पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडी रजत पदक जितेको छ। गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते। गण्डकी प्रदेशले पुरुष टिम इभेण्टमा समेत स्वर्ण पदक जितेको थियो।

टेनिसमा विभागीय नेपाली सेना चार स्वर्ण सहित दस पदक जितेर टिम च्याम्पियन बनेको छ। यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो। बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते। नेपाल प्रहरील े एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित: ३ कार्तिक २०७९ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App