१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुद: साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ। 

प्रतियोगितामा जसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकीले एक–एक स्वर्णपदक प्राप्त गर्न सफल भएका छन्। रजत पदकतर्फ आर्मीले चार, एपिएफले तीन र बागमतीले एक पदक जितेको छ। कांस्य पदकमा एपिएफले चार, आर्मीले तीन र गण्डकीले एक पदक जित्न सफल भएको छ।  

विधागततर्फ नेपाल आर्मीले महिला/पुरुष डाउन हिलमा दुई, इन्डिभिज्युअल टाइम ट्रायलमा एक र रोड रेस मास स्टार्टमा एक स्वर्ण पदक जितेको छ। एपिएफले क्रस कन्ट्रीमा एक र इन्डिभिज्युअल टाइम ट्रायलमा एक गरी दुई स्वर्णपदक जितेको छ। 

बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक/एक स्वर्ण जितेका हो। साइक्लिङको सबै विधा सकिएको छ। साइक्लिङमा चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि  प्रतिस्पर्धा भएको थियो।

प्रकाशित: २ कार्तिक २०७९ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App