१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो।  

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब एक स्वर्ण, चार रजत र एक कास्य पदकका साथ दोस्रो भयो। यसैगरी एक रजत र दुई कास्य प्राप्त गर्दै बागमती प्रदेश तेस्रो भयो। नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दुई कास्यका साथ चौथो तथा गैर आवासी नेपाली संघ (एनआरएनए) र प्रदेश नं १ ले समान दुई कास्य प्राप्त गर्दै प्रतियोगितामा पाँचौँ भए।

गण्डकी प्रदेशले एउटा कास्य पदक प्राप्त गर्दै प्रतियोगितामा छैटौँ भयो। प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी र मधेश प्रदेश टेबलटेनिसमा जितबिहीन रहे।

प्रकाशित: २ कार्तिक २०७९ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App