भ्रष्टाचार मुद्दामा पूर्वडिआइजीदेखि खरिदारसम्म
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि सेवानिबृत्त डिआइजी महेशविक्रम शाहलगायत चार जना प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि सेवानिबृत्त डिआइजी महेशविक्रम शाहलगायत चार जना प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गाडेको शव नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका-७ उजौनीका ९ वर्षिय विवेक पासवानको मृत्यु रहस्मय भएपछि प्रहरीले अन्तिम संस्कारकै क्रममा शव नियन्त्रणमा लिइएको हो।
प्रसौनी गाउँपालिका-७ बलुवा टोलमा हत्या गरिएको अवस्थामा एक १४ वर्षिय किशाेरकाे शव मंगलबार बिहान फेला परेको छ। फेला परेको शव प्रसौनी-७ बलुवा टोलका रोशन चौधरीको रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ।
गत मंगलबादेखि हराईरहेकी सुनसरी दुहवी–६ की सम्झाना खत्री परियारको शव विराटनगर–१२ बखरीस्थित उखुबारीमा फेला परेको छ। घाँटीमा गहिरो चोट लागेको अवस्थामा महिलाको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।
चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ।
झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
रौतहटको इशनाथ नगरपालिका ८ मनसरीका २० वर्षीय युवा एतेशामुल हकको शव फेला परेको छ।
माघ ३ गते शुक्रबारदेखि बेपत्ता भएका दुई युवाको शव भेट्टिएको छ। गोसाईँकुण्ड घुमेर फर्कँदै गरेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ हेलम्बुका १७ वर्षीय वाङगेल शेर्पा र जोरपाटी काठमाडौँका २० वर्षीय जापान लामा शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरुको शव सोमबार दुप्चेश्वर गाउँपालिका – १ घ्याङफेदीस्थित फेदीको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेट्टिएको हो।
लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएकी अजिता भुजेलको शव विभत्स अवस्थामा फेला परेको छ। शनिबार बिहान कान्तिलोकपथ अन्तरगत हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाँडामा उनको शव फेला परेको हो।
कपिलवस्तुको महाराजगंज नगरपालिका–४ राजपुरको पोखरीमा शंकास्पद अवस्थामा एक जनाको शव बिहीबार बिहान फेला परेको छ। फेला परेको शव कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवाका ३० वर्षीय रामसुरत कुर्मी रहेको प्रहरीले जनाएको छ।
जंगलमा सडेको अवस्थामा फेला परेको वेवारिसे शवको सनाखत भएको छ। बैतडीको पाटन नगरपालिका–८ खालिडाँडा बस्ने ४९ वर्षिय केशवराज भट्टको भएको पुष्टि भएको हो। मृतकका सहोदर भाइ हरिदत्त भट्टले मृतक आफ्नो दाई भएको बताएपछि शवको सनाखत भएको हो।
जुम्लामा एक अपरिचित व्यक्तिको शव फेला परेको छ। जिल्लाको गुठिचौर गाउँपालिका ३ दामदासेमा अपरिचित व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
तीन दिनको अवधिमा ओखलढुंगाको विभिन्न स्थानमा तिन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।