ताप्लेजुङमा दुई युवा मृत भेटिए
ताप्लेजुङको फक्ताजुङ गाउँपालिका वडा नम्बर ६ लेलेपको लामाखर्क फदी छेउमा दुई जना युवा मृत भेटिएका छन्।
ताप्लेजुङको फक्ताजुङ गाउँपालिका वडा नम्बर ६ लेलेपको लामाखर्क फदी छेउमा दुई जना युवा मृत भेटिएका छन्।
चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ। उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
धादिङको सिद्धलेकमा शौचालयको सेफ्टिट्याङकीमा एक युवतीको शव फेला परेको छ। सिद्धलेक गाउँपालिका वडा नं ३ आम्कोटमा एक युवतीको शव शौचालयको सेफ्टि ट्याङकीमा फेला परेको हो। स्थानीय अर्जुन सुयल मगरको घरको सेफ्टिट्याङकीमा हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला परेको हो।
सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीय सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन्।
भित्रिमधेश जोगबुडाको जंगलमा बेवारिसे शव फेला परेको छ । परशुराम नगरपालिका–१२ जोगबुडा स्थित सुन्दरी सामुदायिक वनमा एक बृद्धको शव फेला परेको हो ।
सदरमुकाम फुङ्लिङको तोक्मेस्थित तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षिय भीमकुमार मादेन लिम्बू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए।
सुत्केरी गराउन ल्याउँदा मृत्यु भएकी एक गर्भवती महिलाको शव चार दिनपछि आफन्तले बुझेका छन्। सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरेलगत्तै सम्पर्कविहीन भएका श्रीमान अहिलेसम्म अस्पताल नआएपछि मृत बुहारी सरिस्मा बुढाथोकीको शव ससुराले बुझेको अस्पतालले जनाएको छ।
खोटाङको छुट्टा–छुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ। ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको देउरालीस्थित जंगलमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–४ काउलेका अन्दाजी ६० बर्षिय टंकबहादुर राई, खोटाङको जन्तेढुङगा गाउँपालिका–४ डम्बर्खुशिवालयको सामाताङ खर्कडाँडाका अन्दाजी १७ वर्षीय भीमबहादुर दर्जी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकार–५ लफ्याङका अन्दाजी ८१ वर्षीय दीर्घराज राई मृत फेला परेका हुन्।
मकवानपुरगढी गाउँपालिका–४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ।
कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा हिजो अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ।
अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो।
बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मारिएका सबै जना भियतनामी नागरिक भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो।
कालङ्गा आयोजनाको सुरुङभित्र थुनिएका चार मजदुर मध्ये दुईको शव फेला परेको छ। अन्य दुई सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।