१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

सिँचाइको नहरमा युवकको शव फेला

भीमदत्तनगर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीय सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन्।

आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

'प्रारम्भिक जानकारी अनुसार विहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ', प्रवक्ता चन्दले भने, 'घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ।' घटनास्थलको प्रहरीे टोली मचुल्का गरिरहेको छ।
 

प्रकाशित: २६ मंसिर २०७६ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App