भारतीय पाहुनाको आगमनले पोखरामा चमक
पोखरामा पछिल्लो समय भारतीय सवारीमा आउने पर्यटकको भीडभाड छ। लेकसाइडको सडकमा सर्वत्र भारतीय पर्यटक देख्न सकिन्छ। कतिपय भारतीय मुक्तिनाथ दर्शन गर्ने निहुँमा आएका छन् भने नेपालसँग सिमा जोडिएका भारतीय सहरका पाहुना भने त्यहाँको गर्मि छल्न अहिले पोखरा आएका छन्। कोरोना संक्रमणले पछिल्लो दुइवर्ष कमजोर भएको भारतीय पाहुनाको आगमनमा अहिले उत्साहजनक वृद्धिले व्यवसायीले केही राहत महसुस गर्न पाएका छन्।