१२ आश्विन २०८१ शनिबार
image/svg+xml

दसैंमा यसरी बनाउनुस् मासुका परिकार

अन्य दिनमा जति नै मासु खाए पनि दसैंको समयमा मासु खानुको मज्जा नै बेग्लै हुन्छ। यसले दसैंको रमाइलो वातावरणमा झनै उत्साह थपिदिन्छ। अन्य समय भन्दा दशैंको बेला मासुको परिकार धेरै बनाउन सकिन्छ। जस्तै पकवा, मासुको रस, ग्रेभी मासु, भुटन, चिकेन पोलेको, छोयला, साधेको कुखुराको मासु।

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ ।

तीजमा तडकभडक

दिदीबहिनी मिलेर बनाएको अर्गानिक काँक्राको अचार, लाहुरे भैँंसीको दूध, मोही र दही सबैको स्वाद आज ठूला–ठूला पार्टी प्यालेस र रेस्टुरेन्टका बनावटी परिकारले इतिहास बनाइदिए।

पाल्पाली ब्राण्ड ‘चुकाउनी’

चुकाउनी आलु र दही मिलाएर बनाएकोे अचार हो। चुकाउनी पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, अर्घाखाँची जिल्लामा लोकप्रिय छ। पछिल्लो समय पाँच नम्बर प्रदेशमा यसको लोकप्रियता बढ्दै गएको छ।

बिस्केट जात्राको खान्की

नेवार समुदायको धेरै चाडपर्वमध्ये विशेष लामो चाड हो, बिस्का जात्रा (बिस्केट जात्रा)। चैतको अन्तिम साता अर्थात् नयाँ वर्षको चार दिन अगाडिदेखि यो जात्रा मनाइने परम्परा छ। यस वर्ष चैत २७ गतेबाट जात्रा सुरु भएको छ। नेवार समुदायमा विभिन्न जात्रामा थरीथरीका नेवारी परिकार खाएर मनाउने गरिन्छ। जसमध्ये जात्राको खान्कीको महत्व भने विशेष छ।

बाराका थरीथरी स्वाद

केही युवा गफमा व्यस्त देखिन्थे, केही भने बाराको स्वाद लिँदै। बिकुमाया बज्राचार्य (७२) भने मासको बारा बनाउन व्यस्त थिइन्। उनकी बुहारी ग्राहकलाई बारा पु-याउँदै थिइन्।

मासुको नेवारी परिकार

नेवारी भोजमा मासुको विशेष महत्व छ, त्यसमा पनि राँगाको मासु। प्रायः नेवारको भोजमा चिउरा, भटमास, अण्डा, गेडागुडी, अचार, दही हुन्छन्। तर ती सबै हुँदाहुदै पनि बिनामासु नेवारको भोज पूरा हुँदैन। नेवारी भोजमा राँगाका धेरै थरीका मासु छन्। नेवार समुुदायमा जुनै पनि बेला नभई नहुने मासु रागाँको मासु हो। अरु कुखुरा, खसी, बोकाको मासु भनेको समय र पर्वअनुसार खाने चलन छ।

‘माघी’मा थारू परिकार

हिन्दु समाजमा माघे संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन छ। विभिन्न जातजातिअनुसार भिन्न तौरतरिकाले माघ १ गते माघे संक्रान्तिलाई मनाउने गरेको पाइन्छ। माघ १ गते काठमाडौंका थारू समुदायहरू टुडिँखेलमा जम्मा भई नाचगान गरी विभिन्न परिकारहरू खाएर एकापसमा शुभकामना आदान–प्रदान गरेर मनाउँछन्।

मौसम यःमरिको

काठमाडौंका अधिकांश खाजा पसलमा नेवारी परिकार पाइन्छन्। यीमध्ये बारा, समयबजि, नेवारी खाजा सेट, मासुका परिकारहरू अधिकांश ठाउँमा पाइन्छ। चिसो होस् या गर्मी, हरेक मौसममा नेवारी परिकारका पारखीहरूको चहलपहल देख्न सकिन्छ।

थरीथरीका ब्रेक फास्ट

हरेक समुदाय तथा क्षेत्रमा बिहानीको खाजा (ब्रेक फास्ट) खाने प्रचलन छ। यद्यपि, वर्ग, जाति, भूगोल अनुसार परिकार फरक–फरक हुन्छन्। अधिकांश नेपालीले बिहानको खाजाका रूपमा चिया, दूध, हनी लेमन, रोटी तरकारी, कर्नफ्लेक्स, ओट्स, ब्रेड, अन्डा, चना लगायतका परिकार खाने गर्छन्।

लोकप्रिय तिहार परिकार

हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ। तिहारमा विशेष गरेर दिदीभाइबीचको सुमधुर सम्बन्धको लागि पवित्र चाडको रूपमा मनाउने गरिन्छ। तिहारलाई विशेष खानपानका साथै साथीभाइ मिलेर देउसी–भैलो खेलेर मनाउने चलन छ।

चिल्लो काट्ने परिकार

दसैंमा मुख्य खानेकुरा भनेकै मासु हो । प्रायः हरेक नेपालीको घरमा मासु पोकेकै हुन्छ । तर स्वास्थ्यको दृष्टिकोणले जतिबेला पनि मासु खानु उपयुक्त  हुँदैन । त्यसका लागि तरकारी तथा फलफूल खान जरुरी छ ।

दसैंमा यसरी गर्नुस् स्वास्थ्य सुरक्षा ( भिडियो अन्तर्वार्ता)

सामान्यतया दसैंमा अरु समय भन्दा खानेकुरा बढी नै खाने चलन छ। पर्वको समयमा चिल्लो र मसलेदार परिकारको मात्रा बढी हुने गर्छ। पर्वको समयमा खानेकुरामा ध्यान नदिँदा विरामी पर्ने सम्भावना पनि उत्तिकै हुन्छ। जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती चार इन्चको जिब्रोले ५/६ फिट ठूलो शरीरलाई 'कन्ट्रोल' गर्नबाट बचाउनु पर्ने बताउँछिन्।

दसैँमा थरिथरिका मासु परिकार

हिन्दू धर्मावलम्बीहरूको महान चाड दसैँको नजिकिँदै गर्दा गाउँ–सहरमा रौनक छाएको छ । अध्ययन होस् वा काम, घरबाहिर रहेकाहरू दसैंमा घर फर्कने गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्