देशमा बहुचर्चा छ, भैँसी कूटनीतिको! अन्तर्राष्ट्रिय सम्बन्धमा कहिल्यै चर्चामा नरहेको भैँसी कूटनीतिले नेपाल–भारत संबन्धमा नयाँ आयाम थपेको छ। चीन–अमेरिकाको ‘पिंगपंग’ डिप्लोमेसी जस्तै नेपाल र भारतबीच भैँसी कूटनीति यतिखेर हाइहाइ छ।
भैँसी पूजन र भैसी चराउने कुरा नेपालका पूर्वराष्ट्रपति तथा वर्तमान प्रधानमन्त्रीको खातामा धेरैअघिदेखि बचत छन्। त्यसैले भैँसी कूटनीति अन्तर्राष्ट्रिय सम्बन्धमा आश्चर्य लाग्ने विषय जस्तो लागे पनि यहाँको व्यवहारमा भैँसीले उच्चस्थान प्राप्त गरेको सफल उदाहरण हो यो।
भैँसी पूजेर महत्वाकांक्षा पूरा गर्ने अभिलाषा बोक्दै २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका माओवादी क्रान्तिकारी प्रचण्ड र भैँसी चराएर देशकै प्रथम राष्ट्रपतिको कुर्सीमा दुई कार्यकाल रहेका रामवरण यादवको भैँसीप्रेम रोचक मात्र होइन, दिनपरदिन घोचक पनि बनिरहेको छ। त्यसैले पनि भैंँसी कुटनीति यतिखेर चर्चाको शिखरमा छ।
हतारमा नागरिकता ऐनलाई दुई घण्टाअघि प्रमाणीकरण गरेर प्रधानमन्त्रीलाई भारत उडाइयो। यसकै उपहार हो पन्ध्रवटा मुर्रा राँगा !
संसद्को दिनभरको बैठकमा भैँसी कूटनीतिबारे सत्तापक्ष र प्रतिपक्षको विद्वता प्रदर्शन भैरहेछ। त्यही खबरले छापा, रेडियो, टिभी र सामाजिक सञ्जाल भरिभराउ छन्। बुद्धिजीवीको चिया र कफीगफदेखि आधुनिक मधुशालासम्म भैँसी कूटनीतिमा धारा प्रवाह चलिरहेको छ। मन्तव्यको मूल फुट्नुको प्रमुख जस नेपाल–भारतका विज्ञ, प्राध्यापक र पिएचडीधारी विशेषज्ञलाई दिँदा विषयप्रति अलिकति भए पनि न्याय हुने अपेक्षा गर्न सकिन्छ।
प्रतिनिधिसभामा भैँसीबारे बोलिएका अभिव्यक्तिहरू हटाउने कि राख्ने? प्रधानमन्त्री, विपक्षी दल र अन्य पार्टीका विधायकहरूका घोचपेच राख्ने कि मेट्ने? कसको हटाउने र कसको राख्ने? प्रधानमन्त्रीले गरेको टिप्पणी हटाउने कि राख्ने ? प्रमुख प्रतिपक्षका नेताको? अन्य सांसदहरूको? सबैको हटाउने कि कसैको नराख्ने वा सबैको राख्ने? सभामुखको असमञ्जस भने सोमबार टिठलाग्दो देखियो ! कसको मुर्रा भैँसी सदनको रेकर्डमा राख्ने र कसको चाहिँ हटाउने? सवाल पेचिलो छ।
लामो खोजपछि पत्ता लाग्यो, भैँसी विज्ञहरूले नेपालमा तीनथरि भैँसी रहेको अनुसन्धान गरेका रहेछन्। हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने लिमे, पार्कोटे र सुर्ती भैँसी। त्यसबाहेक पनि जफरावादी, मुर्रा, निली रवि पनि पूर्व/पश्चिम र उत्तर/दक्षिण नेपालका खोँच र समथर जमिनमा पालिरहेको जानकारी पाइयो।
खचडा सबैको मिश्रण भएको दुधालु भैँसी मानिन्छ। कोशीटप्पु आरक्ष क्षेत्रमा संरक्षित लामा लामा सिङ भएको अर्ना रैथाने जंगली भैँसी हो। यसको राँगोबाट स्थानीय भैँसीहरू बाली भएर जन्मेका राँगा वर्षमा सयौँको संख्यामा भारतमा हटकेकको रूपमा पुग्ने गरेका छन्। यो कुरा नेपाली प्रधानमन्त्रीले भारतीय राँगा स्वीकार्दा उच्चारणसम्म गरेनन्। गरुन् पनि कसरी ? उनको जम्बो टोलीमा यो जानकारी दिनसक्ने पशुविज्ञ अटाएनन्!
सर्वसाधारणका लागि भैँसी चार खुट्टे जनावर हो। यसका दुई सिङ, चार खुट्टा र एउटा पुच्छर हुन्छ। यो दूध र त्यसपछि दही, घ्यू, मासु, छाला, गोबर, मलका लागि पालिन्छ। यसलाई परिवारको नगद मानिने परम्परा छ।
भैँसी पूजेर महत्वाकांक्षा पूरा गर्ने अभिलाषा बोक्दै २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका माओवादी क्रान्तिकारी प्रचण्ड र भैँसी चराएर देशकै प्रथम राष्ट्रपतिको कुर्सीमा दुई कार्यकाल रहेका रामवरण यादवको भैँसीप्रेम रोचक मात्र होइन, दिन÷परदिन घोचक पनि बनिरहेको छ।
किलामा बाँधिएको भैँसी नेपालीको हैसियत जनाउने दह्रो बिम्ब हो। भैँसीले त्यो बाँधिएको घरधनीको आर्थिक क्षमता र स्वास्थ्यलाई प्रतिविम्बित गर्छ। खेतबारीमा रहेको कुन्यौँले परिवारको खेतीपाती छर्लंग पार्छ। तराईमा मासु नखाइने हुनाले पूर्वी र मध्य नेपालका राँगा/भैँसी जम्मा हुने बारा जिल्लाको जीतपुर यसका लागि प्रख्यात छ। एउटै भनाइले छर्लंग हुन्छ–जीतपुरे कालो मृग! मृग भनेपछि सबैको भान्छामा यसले निर्विघ्न प्रवेश पाउन थालिसके छ।
पाँच दर्जन परिकार
राजधानीका मम, छोयला, हाकु छोयला, कचिला, ड्याकुला, सोफुक्का, तखा, मे पुक्का, तिस्यो, सफुम्हिचा, भुटन, न्या खुना, सुकुला, डायकाला, छ्यौंयाला, ला वः, जँ ला, छुयागुला, मना छोयला, न्हेप पुकाला, सुकुला, न्हेपु पुका, मिखा ला, टकु ला, न्हापं पुका, ला पि, मना ला, ह्याकु ला, खागो, चुही, चुँ ला, खें व, लाया अचार लगायतका पाँच दर्जन बढी परिकारको मुख्य स्रोत राँगो हो।
राँगो धार्मिक प्रयोजनमा पनि उत्तिकै चर्चित छ, प्रचण्डको भ्रमणपछि मात्र होइन। दशँैको नवमीमा हनुमान ढोका दरवारको कोतमा दिइने पञ्चबलीमा राँगो प्रमुख पशु मानिन्छ। देवीथानमा हरेक चाडपर्वमा राँगा ढालिन्छन्। इन्द्रजात्रामा भक्कुको राँगो त विख्यात छ। गुठी भोजमा राँगो नढाली हुँदैन। गुठीका थकालीलाई राँगाको टाउकाका विभिन्न अंग भाग लगाइन्छ। मन्दिरहरूमा राँगाको सिङ र खप्पर भित्तामा किला ठोकेर टाँगिन्छ।
पश्चिम नेपालदेखि पूर्वका मठमन्दिर, गढीमाईमा राँगो बली दिइने मुख्य जनावर हो। नेपालमा काटिने राँगा भैँसीको फालिएको हाड जम्मा गरेर हड्डीको धुलो मल बनाउने कारखाना ललितपुरको कुम्भेश्वरमा स्थापना भयो। उपत्यका सफाइमा यसको अहम् योगदान छ। पछि त बोनमिल कारखाना विदेशबाट किनेर ल्याइने कुखुराको दानाको प्रमुख वस्तुलाई विस्थापित गर्ने उद्योग बन्यो।
राजधानीका मम, छोयला, हाकु छोयला, कचिला, ड्याकुला, सोफुक्का, तखा, मे पुक्का, तिस्यो, सफुम्हिचा, भुटन, न्या खुना, सुकुला, डायकाला, छ्यौंयाला, ला वः, जँ ला, छुयागुला, मना छोयला, न्हेप पुकाला, सुकुला, न्हेपु पुका, मिखा ला, टकु ला, न्हापं पुका, ला पि, मना ला, ह्याकु ला, खागो, चुही, चुँ ला, खें व, लाया अचार लगायतका पाँच दर्जन बढी परिकारको मुख्य स्रोत राँगो हो।
खेतबारी बगैँचामा पनि बोन मिल एक जरुरी मल मानिन्छ। तीन दशकअघिसम्म भैँसीको हाड बालेर खाना पकाइन्थ्यो काठमाडौँ सहरमा। २०४५/४६ सालमा भारतले नाकाबन्दी लगाएर औषधि र अत्यावश्यक इन्धन रोके पनि दक्षिणी छिमेकीले त्यहाँका राँगा भने निर्विघ्न नेपाल पठाएको थियो किनभने ती त्यहाँ उपयोग गरिँदैनथे–एक राँगाको मासु सोखिनले भने।
गोठाला सल्लाहकार
प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै सकिएको भारत भ्रमणमा नेपाललाई त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले दिन लागेका १५ वटा राँगाको ठूलो विरासत देखिन्छ। त्यसैले राँगोको चर्चा यतिधेरै चुलिएको हुनुपर्छ। कांग्रेस नेतृ सुजाता कोइरालाको सहयोगमा सुनसरीमा भैँसी पूजा गरेर चर्चित पुष्पकमल दाहाल यसपालि भैँसीबाट होइन, राँगाबाट बहुचर्चित बनाइन पुगेका छन्।
शेरबहादुर देउवाको सहयोगमा प्रधानमन्त्री बनेपछि उनको भारत भ्रमणमा राँगा किन उपहार दिए नरेन्द्र मोदीले? यो खोजीकै विषय हो। तर दाहालको नक्षत्रमा भैँसीको संयोग पटक पटक दोहोरिनुमा दैवको संयोग र कृपा रहेको प्रष्टै देखिन्छ। ओली सरकारका बेला भएको सहमति अहिले आएर कार्यान्वयन हुनुमा भैँसी कूटनीतिले मारेको छलाङ मान्ने मात्र होइन, नमान्ने पनि उत्तिकै छन्। नमान्नेहरूको भनाइ के रहेको देखियो भने हतारमा नागरिकता ऐनलाई दुई घण्टाअघि प्रमाणीकरण गरेर प्रधानमन्त्रीलाई भारत उडाइयो।
यसकै उपहार हो पन्ध्रवटा मुर्रा राँगा! अब यी राँगालाई अन्यत्र पठाउने होइन, राष्ट्रपति कार्यालयमा खुला ठाउँ प्रशस्त भएकाले त्यहीँ पाल्नुपर्छ र राष्ट्रपतिलाई विवादास्पद ऐनलाई प्रमाणीकरण गर्न सल्लाह दिने सल्लाहकारहरूलाई ती राँगा चराउने गोठाला बनाउँदा उचित हुन्छ!
पहिलो गाँसमै ढुंगा
संसद्मा भएको सोमबारको छलफल र त्यसपछिको वातावरण हेर्दा भैँसी कूटनीति प्रचण्डका लागि ‘जोगीदेखि भैँसी डरे, भैँसीदेखि जोगी डरे’ बनेर बज्रिएको छ। यसले गर्दा प्रधानमन्त्री प्रचण्डको यो भ्रमण र उनले भारतसँग गरेको भनिएको सात बुँदे संझौता पनि छायाँमा पर्न पुगेको छ। न त्यसमा गृहकार्य भएको देखियो नत परिपक्व कूटनीतिक कदम नै चालेको पुष्टि भयो। व्यवस्थापकीय र कुटनीतिक गृहकार्यको छनकसम्म देखिएन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट हुनुअघि प्रचण्डको भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँगको वार्ता पहिलो गाँसमै ढुंगा लागेझैँ हुनपुग्यो। नेपालको प्रधानमन्त्रीसँगको वार्तामा डोभालको कुराकानीलाई सरकारी अभिलेखमा राख्न भारतीय परराष्ट्र सचिव बसेका थिए भने नेपालको जम्बो टोलीमा परराष्ट्र मन्त्रीसमेत भ्रमण दलमा थिए तर वार्तामा सहभागी बनेनन् वा सहभागी हुन दिइएन।
न त परराष्ट्र मन्त्रालयका सचिव वा कुनै अधिकृत त्यहाँ मौजुद देखिए। भारतीय सचिवको समकक्षीझैँ तस्बिरमा देखिइन् प्रचण्ड पुत्री गंगा। के उनी नेपाल सरकारको प्रतिनिधि हुन्? उनको भूमिका के हो? भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारसँग प्रधानमन्त्रीको के वार्ता भयो? नेपाल–भारतसम्बन्धका मुद्दाहरू समाधान गर्न के गरियो? हाम्रा प्रधानमन्त्रीलाई सहयोग कसले गर्यो? नोट टेकर को थियो? के कुरामा सहमति/असहमति भयो? नेपालको रेकर्ड किन राखिएन? खै कूटनीतिक कार्य? कूटनीतिको बाह्रखरीमा यस्तो गर्नुलाई सरासर जड कूटनीति मानिन्छ।
दोस्रो, मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र धारण गरेर गरिएको पूजापाठ विवादको चक्रमा परेको छ। राजनीतिक विश्लेषक भीम भुर्तेलले त पोस्ट नै गरे, बल्ल कमरेड प्रचण्ड पक्का माक्र्सवादी बने। अधकल्चा वामपन्थीहरू कार्लमाक्र्सले धर्मलाई अफिम भनेका छन् भनेर फलाक्छन्। तर माक्र्सको धर्मसम्बन्धी लेखाइ राम्रोसँग पढ्ने हो भने त्यहाँ धर्मलाई अफिम भन्नुभन्दा अगाडिका तीनलाइन पनि पढ्नुपर्छ। त्यहाँ भनिएको छ–धर्म उत्पीडित प्राणीको सास हो ! हृदयबिहीन संसारको हृदय हो ! आत्मबिहीन अवस्थाको आत्मा हो ! यो मानिसका लागि अफिम हो!
दोस्रो, मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र धारण गरेर गरिएको पूजापाठ विवादको चक्रमा परेको छ।
बाह्र जोतिर्लिंगमध्ये एक मानिने महाकालेश्वरको मन्दिरमा गरिएको पूजा हृदयबिहीन कोल्डब्लडेडबाट मुक्ति पाउन गरिएको त्वम् शरणम् हो। हृदयबिहीन कार्यका लागि पश्चाताप हो। आत्मबिहीन कार्यका लागि आत्मपूजन हो। र, प्रचण्डका निम्ति त्यो पूजा अफिम हो। त्यसैले उनी लठ्ठ भए। गेरुबस्त्र धारण गरेर मन्दिरमा समर्पित भए। धर्ममा पूरै शरणागत भए। माक्र्सका पक्का अनुयायी बने!
तेस्रो, भौगोलिक अखण्डताबारे उनले जे बोले, त्यो गलत बोले किनभने उनी एक्लो प्रचण्ड बनेर घुमफिर गर्न भारत निस्किएका थिएनन्। उनी त नेपालको कार्यकारी प्रधानमन्त्री बनेर छिमेकको भ्रमणमा गएका थिए। उनले जे बोले, त्यसको बारेमा न उनले चुनावमा चर्चा गरेका थिए, नत भ्रमणमा जानुअघि संसद्मा यी अजेन्डामा कुराकानी हुन्छ भनिएको थियो।
न त कालापानी, लिपुलेक र लिम्पियाधुरा उनका मामाले आमालाई दाइजो दिएको भूमि थियो। यो त सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको साझा भूमि हो। अस्तित्वको परिचायक हो। यो भूमि छाडेर सिलगुडीमा बाटो लिने कुरा घरजग्गा बिक्री गरेर बाटो किन्ने जस्तो विषय होइन। एकदेशले अर्कोसँग भूमि साट्न, दिन सक्छ तर त्यसको संवैधानिक विधि र प्रक्रिया छ। मनलाग्दी देशको भूमि बिक्री गर्ने कुरा किमार्थ ठीक होइन। देशको तेस्रो पार्टी हो माओवादी। उसलाई सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको समर्थन छ। के देशको भूभाग बेच्नेमा कांग्रेस पनि सहमत हो? शेरबहादुर देउवा मौन छन्!
राजनीतिशास्त्रका एक प्राध्यापकले औँला ठड्याउँदै भने–यो भ्रमणमा भारतले जे चाहेको थियो सबै लियो तर नेपाल? नेपालले चाहेको कुरा केही भएन! भ्रमणमा नेपाल निम्छरो देखियो। भूपरिवेष्टित नेपाललाई किन ‘एयर लक्ड’ बनाइराखेको भारतले? नेपाललाई चाहिएको हवाइ रुटवारे के भयो? नाकाहरूमा नेपालका वस्तु निर्यात र आयात गर्दाका अप्ठ्याराहरू अन्त्य गर्न के भयो? नेपाली भूभाग डुवानबारे के भयो? दुई देशबीच भएका वार्ताको औपचारिक स्मृति कहाँ छ? स्मरणीय छ, प्रचण्ड र मोदीबीचको वार्ता व्यक्तिगत कुरा होइन। यो त गणतन्त्र नेपाल र भारतबीचको वार्र्ता हो।
प्रकाशित: २४ जेष्ठ २०८० ००:४० बुधबार