आज सवारी जाँचमा कडाई [तस्बिर]
निर्वाचन जारी रहँदा आज अनुमति लिएका सवारी साधनमात्र सञ्चालनमा छन् । अनुमति नलिएका सवारी पनि सञ्चालन हुन सक्ने भन्दै प्रहरीले सवारी चाँजलाई कडाई गरेको छ ।
निर्वाचन जारी रहँदा आज अनुमति लिएका सवारी साधनमात्र सञ्चालनमा छन् । अनुमति नलिएका सवारी पनि सञ्चालन हुन सक्ने भन्दै प्रहरीले सवारी चाँजलाई कडाई गरेको छ ।
मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा भोट हाल्न आउनेमध्ये महिला मतदाताको सहभागिता उत्साहजनक देखिएको छ।
धनगढीस्थित कारागार भित्र रहेको अस्थाई मतदान केन्द्रमा २३ जना पुरुष र तीन महिला गरि २६ कैदीबन्दीले मतदान गरेका छन।
कास्की कारागार मतदान केन्द्रमा निर्वाचन शुरु भएको २ घण्टा नबित्दै शतप्रतिशत मत खसेको छ। कास्की कारागारमा ४० मतदाता रहेका थिए।
उनका अनुसार बिहानीपख हिमाली तथा पहाडी जिल्लामा मतदानको प्रतिशत कम देखिए पनि दिउँसो हुदैँगएपछि मतदान प्रतिशत बढेको हो।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ः३० बजेसम्ममा २८.३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।
पहाड र काठमाडौंका बारेमा जानेको भए पनि मधेसका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको उनले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिनलाई आफ्नो जीवनको दुईवटा विशेष संयोगको रूपमा व्याख्या गरेका छन्।
मध्यपूर्वमा तनाव बढेपछि स्थगित भएको उडान आजदेखि सीमित मात्रामा सुरु भएको हो।
तनहुँको व्यास नगरपालिका–१ मोहोरियाटारका किरिया बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका छन्।
बस्ती स्थानान्तरणको माग राख्दै स्थानीयले चुनाव बहिष्कार गरेको दाङको एक मतदान केन्द्रमा जम्मा ९ मत खसेको छ। बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा नगन्य मात्रामा मतदान भएको हो।
ताप्लेजुङमा दिउँसो २ बजे सम्म करिब ४३ प्रतिशत मतदान भएको छ।
वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
१ सय ४२ मतदाता भएको उक्त केन्द्रमा ९५ मत मात्रै खसेको मतदान अधिकृत तथा मोरङ कारागारका प्रमुख गौरव ढुंगेलले जानकारी दिए।
यसैबिच, अमेरिका र इजरायलको आक्रमणपछि इरानले खाडीमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै जवाफी हमला जारी राखेको जनाएको छ।