२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री चौलागाईंद्वारा मतदान

वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। उनले जुम्ला जिल्ला तातोपानी गाउँपालिका-५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान मतदान गरेका हुन्।

मन्त्री चौलागाईंले मतदानपछि लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रहसमेत गरे।

प्रकाशित: २१ फाल्गुन २०८२ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App