२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

रोल्पामा ४३ प्रतिशत मतदान

रोल्पामा साढे ३ बजेसम्म करिब ४३ प्रतिशत मतदान भएको छ।

महिला ७४ हजार ९ सय ७ र पुरुष ७४ हजार ६ सय ९० गरी जम्मा १ लाख ४९ हजार ९७ मतदाता रहेको रोल्पामा शान्तिपुर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।

यहाँको सुनिल स्मृति गाउँपालिका-८ अरेसस्थित नेपाल राष्ट्रिय माविमा रहेको केन्द्रमा फर्जी मत हाल्न खोजेको भन्दै विवाद भएको थियो। सोही क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीले जनाएको छ।

निर्वाचन र मतगणना शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। संवेदनशील स्थानमा नेपाली सेनाले गस्ती समेत गरिरहेको छ।  

सुरक्षा दृष्टिकोणले जिल्लाका १४ मतदानस्थल अति संवेदनशील मानिएका छन्। रोल्पामा नेपाल प्रहरी ६ सय, निर्वाचन प्रहरी १ हजार २८ र सशस्त्र तर्फ निर्वाचन प्रहरी ९६ जना खटिएका छन्।

प्रजिअ क्षेत्रीका अनुसार सशस्त्र प्रहरी तर्फ स्ट्राईकिङ फोर्स र ८ मोबाइल टिम छ। नेपाली सेनातर्फ ४ कम्पनीका ८ प्लाटुन परिचालित छन् भने जिल्लाभर दुई हजार सुरक्षाकर्मी परिचालित छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App