२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

मतदानको समय सकियो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजे सकिएको छ।

आयोगका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्रको परिसरभित्र प्रवेश गरिसकेका र लाइनमा बसिसकेका मतदाताले भने आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।

लाइनमा रहेका अन्तिम मतदाताले मत खसाइसकेपछि मात्र ती केन्द्रको मतदान प्रक्रिया औपचारिक रूपमा टुंगिनेछ।

मतदान सम्पन्न भएका केन्द्रहरूमा अब मुचुल्का उठाएर मतपेटिका सिल गर्ने प्रक्रिया केहीबेरमा सुरु हुनेछ। सिल गरिएका मतपेटिकाहरूलाई कडा सुरक्षा घेराभित्र राखी सम्बन्धित क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा मतगणना स्थलमा ढुवानी गरिनेछ।

प्रकाशित: २१ फाल्गुन २०८२ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App