२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

गोरखामा साढे २ बजेसम्म २८.३३ प्रतिशत मत खस्यो

गोरखामा हालसम्म २८ प्रतिशत मत खसेको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ः३० बजेसम्ममा २८.३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

गोरखामा हालसम्म ३४ हजार १ सय ४९ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका टेक रानाले जानकारी दिए।

उनका अनुसार दिउँसो २ः३० बजेसम्म महिला १६ हजार ६ सय २३ र पुरुष १६ हजार ५ सय ४५ जनाले मतदान गरेका छन्।

मतदान शान्तिपूर्ण रुपमा भइरहेको गोरखाका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए। ‘मतदान शान्तिपूर्ण छ’, उनले भने, ‘अवाञ्छित क्रियाकलाप केहि छैन।’

दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५ सय २५ जना मतदाता रहेका छन् भने २ मा १ लाख ८ हजार ५ सय ३३ मतदाता छन्।

गोरखा-१ मा एक स्वतन्त्रसहित १२ जना र गोरखा २ मा एक स्वतन्त्रसहित १३ जना उम्मेदवार प्रतिष्प्रर्धामा छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App