कैलाली जिल्ला कारागारमा रहेका २६ जना कैदीबन्दीले मतदान गरेका छन्।
धनगढीस्थित कारागार भित्र रहेको अस्थाई मतदान केन्द्रमा २३ जना पुरुष र तीन महिला गरि २६ कैदीबन्दीले मतदान गरेका छन। कैदीबन्दीले समानुपातिकतर्फ मतदान गरेका हुन।
कैलाली कारागारमा ५ सय १२ जना कैदीबन्दी रहेकामा ३० जनाको नाम मात्रै मतदाता नामावलीमा रहेको अस्थायी मतदान केन्द्रका मतदान अधिकृत शिवराज जोशीले बताए।
मतदाताको सूचीमा नाम रहेकामध्येमा पनि तीन कैदीबन्दी कारागारमुक्त भइसकेको र एकलाई अन्यत्र लगिएको छ।कारागारसहित धनगढी, गोदावरी नगरपालिकाको अत्तरिया तथा टीकापुरमा अस्थायी मतदान केन्द्र राखिएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:२० बिहीबार


-600x400.jpg)
-600x400.jpg)

