२० आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

बालेन भन्छन्ः 'तिम्रो लागि सँधै रित्तै बस्न मन छ'

नागरिकका लागि सरकारले गरेका कुनैपनि काम र योजना दीर्घकालिन र प्रभावकारी नभएको भन्दै उनले सामाजिक सञ्जालमा कविताको शैलीमा व्यङ्ग्य गरेका छन्।

सन् २०२३ मा पोखराका हवाई यात्रु साढे नौ लाख बढी

संचालनमा आएको १५ दिनमै भएको हवाई दुर्घटनाको मार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त खेप्यो नै पोखरा आउजाउ गर्ने हवाई यात्रु नै कम हुँदा समग्र पर्यटन क्षेत्र प्रभावित भएको गुनासो व्यावसायीले गर्दै आएका छन्। तर, दुर्घटनापछिको त्यो त्रास र विमानस्थलप्रतिको आशंका चिर्दै पोखरा आउने हवाई यात्रु बढ्दै जाँदा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक धेरै यात्रुले पोखराको हवाई यात्रा गरेको विमानस्थलले बताएको छ।

यती हवाई दुर्घटनाको एक वर्ष : बिथोलिएको पर्यटन लयमा फर्किंदै

यती एयरलाइन्सको नाइन एन एएनसी कल साइनको जहाज सेती नदीको खोंचमा खसेको एक वर्ष पूरा भएको छ।

सुन तस्करी आयोगमा सहसचिव अधिकारीको बयान

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा सहसचिव झलकराम अधिकारीलाई बयान लिइएको छ। सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले सह–सचिव अधिकारीलाई गृहमन्त्रालयको पुरानो भवनमा बयान लिएको हो।

काठमाडौँबाट धनगढीका लागि उडेका दुई जहाज सूर्खेतमा अवतरण

नागरिक उड्डयन प्राधिकरण सूर्खेतका प्रमुख राज ढुङगेलका अनुसार बुद्ध एयरको २५१ र श्री एयरको २२१ जहाज सूर्खेत विमानस्थलमा अवतरण गरेका हुन्।

‘एक्सरे मेसिन’ जडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ। ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ।

काठमाडौँमा भारतीय विदेशमन्त्री जयशंकरका २६ घण्टा

मन्त्री जयशंकर भारतीय सेनाको विशेष विमानबाट काठमाडौँ आउन लागेका हुन। उनी भोलि शुक्रवार दिउँसाे १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्।

भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छ: प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेन्डा बनाउन आवश्यक रहेको बताएको छ।

टोकियो विमानस्थल दुर्घटनाबारे अनुसन्धान सुरू, तीन सयभन्दा बढी उडान प्रभावित

दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए।

‘म भिआइपी हैन हजुर’: हर्क साम्पाङ

‘एयरपोर्टमा मा मलाई सोधिन्छ: सर भिआइपी लाउन्जबाट जाने हो कि? म भन्ने गर्छु: म भिआइपी होइन हजुर! म त ‘पी’ मात्रै हुँ!अनि लाइनमा सर्वसाधारण सङ्गै उभिने गर्छु!

जापानमा विमानमा आगलागी: कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु

जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ। जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँचजनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्