२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा विमानमा आगलागी: कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु

जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ। जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँचजनाको मृत्यु भएको हो।

जापान एअरलाइन्सको यात्रुवाहक विमान अवतरण गरेलगत्तै कोस्टगार्डको मालवाहक विमानसँग ठोक्किएको थियो।

कोस्टगार्डको सो विमान सोमवारको भूकम्पका पीडितलाई सहायता सामग्री पुर्‍याउन नोतो प्रायस्द्वीपको निगाता विमानस्थलतर्फ जाने क्रममा रहेको जनाइएको छ।

त्यसअघि जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा जापान एअरलाइन्सको झ्याल र तलपट्टिबाट आएको देखिन्छ।

रोयटर्सले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएको छ।  

प्रकाशित: १७ पुस २०८० १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App