९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

भुटान एयर–७७३ मा चरा ठोक्कियो

फाइल तस्बिर

भुटानको ड्रुक एयर–७७३ को जहाजमा आज बिहान चरा ठोक्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली उडान भर्ने क्रममा चरा ठोक्किएको हो।

विमानस्थल स्रोतका अनुसार आज बिहान ८ः४० बजेको जहाजमा चरा ठोक्किएको हो। 

चरा ठोक्किए पनि जहाज सुरक्षित दिल्लीका लागि उडान भरिसकेको छ। 

स्रोतले उक्त जहाजमा ठोक्किएको चरा धावनमार्गमा मृत फेला परेको जानकारी दिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक सुवास झाले घट्नाको पुष्टि गरेका छन्। ‘विमान उड्ने बित्तिकै सानो चरा ठोक्किएको हो। विमानमा कुनै क्षति पुगेको छैन। विमान दिल्लीमा अवतरण गरिसक्यो’,उनले नागरिकन्यूजसँग भने। 

यसअघि पनि यो विमानस्थलमा पटक–पटक चरा ठोक्किएको छ। विमानस्थल वरपर सरसफाइको अभावले गर्दा विगतमा पनि यस्ता घटना हुँदै आएका छन्। 

प्रकाशित: २३ पुस २०८० ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App