२ असार २०८१ आइतबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: विमानस्थल थियो र त सिचुआन र ड्रुक आए

नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो नलागेपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा क्षेत्रको पर्यटनको लागि अवसरको ढोका भने खुलादिएको छ। त्यसका दुइ उदाहरण हुन–ड्रागन बोट रेस फेस्टिबल र ड्रुक एयरको चार्टर उडान। अन्तर्राष्ट्रिय विमानस्थल नहुँदो हो त पोखरामा ड्रागन बोट रेस फेस्टिबल नहुन पनि सक्थ्यो भने ड्रुकको जहाज पोखरा आउने थिएन।

भीआईपी पाहुना लिन पोखरा आउँदैछ ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा आएर पुन पारो फर्किनेगरि आगामि शनिबार उडान गर्दैछ। ड्रुकको यो जहाज भीआईपी पाहुनाका लागि चार्टर्ड गरिएको हो। यूरोपियन मुलका ४० जना पर्यटकलाई भारत, नेपाल र भुटान घुमाउने गरि भारतीय एजेन्टले जहाज चार्टर्ड गरेको छ। नेपाल भित्रिएका ती पाहुनालाई लिन ड्रुकको जहाज पोखरा आउन थालेको हो।

भदौ २३ मा पोखरा आउँदै ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरासम्म उडान गर्ने भएको छ। आगामि सेप्टेम्बर ९ (भदौ २३) मा जहाज पोखरा आउने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ। पोखरामा ड्रुकको जहाज अवतरणपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको दोश्रो अवतरण हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्