६ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्याक्सीमा टाँसिएका विज्ञापनको कर उठाइने

सवारीसाधनमा राखिएका स्टिकर वा ब्यानरका लागि प्रतिवर्गफिट सय रूपैयाँ कर लाग्छ। उनका अनुसार विभिन्न कम्पनीको विज्ञापन टाँसेर कर नतिरेका सबै प्रकारका सवारीसाधनलाई करको दायरामा ल्याइनेछ।

ललितपुरमा इङ्ल्यान्डका जेम्स

एभरेस्ट प्रिमियर लिग (इपिएल) २०१८ को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले बुधबार इङ्ल्यान्डका एलेक्जेन्डर जेम्स ब्लाकलाई अनुबन्धित गरेको छ।

कोरोना संक्रमण बढ्दो, थप कडाइ गरिँदै निषेधाज्ञा

कोरोना सङ्क्रमण दरमा वृद्धि भएसँगै काठमाडौँ ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेतलगायत जिल्लाले आदेशमा केही कडाइ गर्दै थपेको बताउँछन्।

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

ललितपुरमा मङ्गलबार दिइने जोन्सन एण्ड जोन्सनको खोप निरीक्षण गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले महानगपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे जानकारी लिएका थिए।

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो।

ललितपुरको रिङ रोडमा सडक बत्ती जडान हुँदै

महानगरपालिकाले ललितपुरलाई उज्यालो सहर बनाउने अभियान अन्तर्गत महानगरभिको रिङ रोडको रुपमा चिनिएका बालकुमारी – बल्खु सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको महानगरपालिकाले जनाएको छ।

काठमाडौं उपत्यकामा २ लाख बढी संक्रमित: ७२.७ प्रतिशत निको, ०.७६ प्रतिशतको मृत्यु

उपत्यकाका संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी छन्। तथ्यांकअनुसार काठमाडांमा १ लाख ५८ हजार ९ सय ९१ जना संक्रमित रहेका छन् भने भक्तपुर र ललितपुरमा क्रमशः १५ हजार ९ सय ३ र २६ हजार ८ सय ८३ जना रहेका छन्।

८० वर्षपछि फेरियो कुमारीको आसन

ललितपुर महानगरपालिका वडा नं १६ कोतर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ सदस्य) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गरे।

नेपाल सुपर लिग: सेगुन ललितपुरमा

लिग च्याम्पियन मच्छिन्द्रबाट खेलेका सेगुन बिहीबार मात्र काठमाडौं आइपुगेका हुन्। त्रिभुवन विमानस्थलमा क्लबले स्वागत गर्दै अनुबन्धित भएको जानकारी दिएको हो। सेगुनले एनएसएलका लागि नेपाल आउन पाउँदा खुसी लागेको बताए।

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर

नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन्। बुधबार भएको महासंघको २६औं महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरेका थिए।

सडकले फेरिँदै ललितपुरको दुर्गम दक्षिणी क्षेत्र

सडक सञ्जाल गाउँगाउँ पुगेपछि ललितपुरको झन्डै ५० प्रतिशत भूभागका मानिसले सहरसँग नजिक भएको अनुभूति गर्न पाएका छन्। कान्तिलोक पथ सडकखण्ड निर्माण कार्यपछि दक्षिण ललितपुरको दुर्गम मानिने ठुलादुर्लुङ पनि विकासमा बामे सर्न थालेको छ। गाउँमा उत्पादित कृषि सामग्री सहरमा आउन थालेको छ भने सहरबाट पनि गाउँसम्म यातायात सुचारु भएको छ।

महिला क्रिकेट: ललितपुरको सुरुआत हारबाट

कञ्चन श्रेष्ठको आक्रामक ब्याटिङका बावजुद ललितपुर मेयर– ११ ले शनिबारबाट सुरु भएको ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा हारबाट सुरुआत गरेको छ।

ललितपुर शिक्षा विकास तथा समन्वय एकाइले निःशुल्क सेवा दिने

ललितपुर माहानगरपालिका शिक्षा विकास तथा समन्वय एकाइले सेवाग्रहीलाई निःशुलक सेवा उपलब्ध गराउने निर्णय गरेको छ। एकाइले बडापत्रमा अबदेखि सेवा प्रवाह गर्दा कुनै पनि शीर्षकमा शुल्क नलिने उल्लेख गरेको छ।

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि सुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन्।

महिला क्रिकेटलाई ललितपुरको सहयोग

काठमाडौं महानगरपालिकाकै सहयोगमा हाल पुरुषको एकदिवसीय मेयर कप क्रिकेट सञ्चालन भइरहँदा ललितपुर महानगरपालिकाले पनि ट्वान्टी–२० महिला क्रिकेट आयोजनामा सघाउ पुर्‍याउने भएको छ। ललितपुर महानगरपालिकाले नेपाल क्रिकेट संघ (क्यान) लाई ललितपुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजनामा आर्थिक सहयोग गर्दै क्रिकेटमा पनि आफ्नो सहभागिता बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्