२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

ललितपुरको रिङ रोडमा सडक बत्ती जडान हुँदै

ललितपुर महानगरपालिकाले रिङ रोडमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ। महानगरपालिकाले ललितपुरलाई उज्यालो सहर बनाउने अभियान अन्तर्गत महानगरभिको रिङ रोडको रुपमा चिनिएका बालकुमारी – बल्खु सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले सो कामका लागि मंगलबार सम्झौता गरेको महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले बताए। ‘रिङ रोडको बालकुमारी–बल्खु सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सम्झौता भएको छ।’ नगरप्रमुख महर्जनले भने।

सो सडक बत्तीका लागि महानगरपालिकाले करिब १७ करोड ३६ लाख रुपैयाँ खर्च गर्ने भएको छ। सो  कामका लागि महानगरपालिकाले ६० प्रतिशत रकम व्यहोर्ने छ भने नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत व्यहोर्ने भएको छ।  

यसअघि पनि महानगरपालिकाले बागमती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ।

प्रकाशित: १ असार २०७८ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App