नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन्।
बुधबार भएको महासंघको २६औं महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरेका थिए।
ललितपुरमा कूल मतदाता ४ सय ५४ रहँदा ३ सय ८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराए। रासस
प्रकाशित: २६ चैत्र २०७७ ०६:४४ बिहीबार