६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘बी’ डिभिजन लिग: खुमलटारको सम्भावना जीवित

कप्तान सविन केसीले दुई गोल गर्दा खुमलटार युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जीवितै राखेको छ।

भारतले तीन सम्पदा पुनर्निर्माणमा सघाउने

काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

ललितपुरको एकान्तकुनामा दुर्घटना, कोटेश्वर बहुमुखी क्याम्पसकी छात्राको मृत्यु

घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन्। दाहाल सोही क्याम्पसका विद्यार्थी हुन्। गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

बी डिभिजन लिग: निसानको गोलमा बाँसबारीलाई सफलता

निसान सुनारले गोल गर्दा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार जित निकालेको छ। अर्को खेलमा मध्यपुर युथ एसोसिएसन श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित हात पार्न सफल भएको छ।

आधुनिक सहर निर्माणमा ललितपुर अगाडि

गत आवमा वडास्तरीय योजना मात्र १३ सय ८६ वटा सम्पन्न भएका छन्। ६.६ किमि सडक कालोपत्रे भएको छ भने ७.६ किमि सडक मर्मत गरिएको छ। हरियाली योजनाअन्तर्गत ३० वटा पार्क बनेका छन्। १० वटा सिँचाइ योजना र १० वटा पोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ।

‘बी’ डिभिजिन लिग: सातदोबाटोको अपराजित यात्रा कायमै

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोको अपराजित यात्रालाई निरन्तरता दिन दोर्जे तामाङले निर्णायक गोल गर्दा आरसिटीको जितमा अजित गुरुङले गरेको गोल नै पर्याप्त बनेको थियो। सातदोबाटोलाई जित दिलाउन पेनाल्टीबाट खेलको २५औं मिनेटमा गोल भएको हो।

गणेशमान सिंह स्मृति बक्सिङ: सनिल दोस्रो चरणमा

नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारदेखि स्युचाटारमा सुरु भएको प्रतियोगितामा सनिलले आफ्नो तौलसमूहमा टीकाथलीका निशान दासलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन्।

‘बी’ डिभिजन लिग: बाँसबारीले मौका गुमायो

श्री कुमारी क्लबसँग गोलरहित बराबरीमा रोकिएको बाँसबारी युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।

महिला राष्ट्रिय लिग: प्रतिस्पर्धात्मक खेलमा एपिएफ सफल

उपहार गोलबाट अग्रता लिएको एपिएफले पुलिसलाई २–१ ले हराउँदै महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिँदा दिनको दोस्रो खेलमा आशा कुमारीको निर्णायक गोलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० ले स्तब्ध बनाएको छ।

ललितपुर शिक्षा समन्वय इकाइले सेवा शुल्क नलिने

ललितपुर महानगरपालिका शिक्षा विकास तथा समन्वय इकाइले महानगरपालिकाभित्र उपलब्ध गराउने कुनै पनि प्रकारको सेवा शुल्क नलिने निर्णय गरेको छ।

ललितपुर महानगरपालिकाको सडकमा रातो पोतिने

ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ। महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो।

ललितपुरमा संक्रमितको संख्या ३ हजार नाघ्यो, यस्तो छ नालीबेली

ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ३० र मृतकको सङ्ख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए।

‘यसपालि तीजमा चेलीबेटीलाई निम्ता नगर्नू’

मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै महालक्ष्मीले सूचना जारी गरी नगरवासीलाई उक्त अनुरोध गरेको हो ।

ललितपुर महानगरमा होल्डिङ सेन्टर

ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ। विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्