१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘बी’ डिभिजन लिग: बाँसबारीले मौका गुमायो

श्री कुमारी क्लबसँग गोलरहित बराबरीमा रोकिएको बाँसबारी युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा तेस्रो स्थानमा रहेको बाँसबारीले आठौं स्थानको कुमारी क्लबसँग गोलरहित बराबरीमा रोकिँदा स्थान सुधार गर्ने मौका गुमाएको हो।बराबरीपछि बाँसबारीको ७ खेलबाट १५ अंक भएको छ। समान ७ खेलबाट कुमारीको ७ अंक छ।

जारी ‘बी’ डिभिजन लिगमा अपराजित सातदोबाटो १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा सात खेलबाट पाँच जित, समान १/१ बराबरी र हार बेहोरेको खुमलटार युथ क्लब १६ अंकतालिकाको दोस्रो स्थानमा छ।शनिबारकै पहिलो खेलमा पुलचोकले श्री भगवतीलाई पनि गोलरहित बराबरीमा रोकेको छ।

अंक बाँडेका टोलीद्वय भगवती र पुलचोकको समान ७ खेलबाट क्रमशः ६ र २ अंक भएको छ। भगवती नवौं स्थानमा यथावत् रहँदा पुलचोक रेलिगेसनबाट बँच्न संघर्ष गरिरहेको छ। आइतबार पहिलो खेल ब्वाइज युनियन र नयाँ बस्तीबीच हुँदा दोस्रो खेल झम्सीखेल युथ र खुमलटार युथ क्लबबीच हुनेछ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App