१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ललितपुरमा इङ्ल्यान्डका जेम्स

एभरेस्ट प्रिमियर लिग (इपिएल) २०१८ को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले बुधबार इङ्ल्यान्डका एलेक्जेन्डर जेम्स ब्लाकलाई अनुबन्धित गरेको छ। आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा फ्रेन्चाइच लिग क्रिकेट इपिएलको चौथो संस्करण आयोजना हुँदै छ। 

प्याट्रियोट्सले यसै सिजनका लागि ३२ वर्षे इङ्लिस ब्याट्सम्यान जेम्सलाई अनुबन्धित गरेको बुधबार विज्ञप्तिमार्फत् जानकारी दिएको हो। १६ सदस्यीय फ्रेन्चाइज टोलीमा कम्तीमा तीन विदेशी खेलाडी हुनुपर्ने नियमअनुरूप उनी अनुबन्धित भएका हुन्। उनी काउन्टी क्रिकेट क्लब केन्टका आक्रामक ब्याट्सम्यानसमेत हुन्।

उनले इङ्ल्यान्डको यु–१९ क्रिकेट टोलीबाट पनि खेलिसकेका छन्। प्याट्रियोट्सका टिम म्यानेजर वरुण लामाले इङ्लिस ब्याट्सम्यानलाई आफ्नो टोलीमा समावेश गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। ‘एलेक्सलाई विदेशी खेलाडीका रूपमा भित्र्याउँदा निकै खुसी छौं। उनी तीव्र गतिमा रन बटुल्ने क्षमताका खेलाडी हुन्,’ लामाले भने, ‘उनीबाट हाम्रा युवा खेलाडीले पनि धेरै सिक्न पाउनेछन् र उनको अनुभव पनि टोलीका लागि महत्त्वपूर्ण  साबित हुनेछ। त्यसैले राम्रो टोली सन्तुलित बन्नेमा विश्वस्त छौं।’

जेम्सले ४६ फस्ट क्लास क्रिकेटमा एक शतक र ६ अर्धशतकसहित कुल एक हजार पाँच सय ११ रन बटुलेका छन्। उनले १ सय ४० ट्वान्टी–२० क्रिकेटमा १ हजार ८ सय ९० रन बटुलेका छन्। इपिएलमा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमध्ये काठमाडौं किङ्स-११ ले पाकिस्तानका अलराउन्डर साहिद अफ्रिदी, भैरहवा ग्ल्याडियटर्सले श्रीलंकाका दिनेश चण्डीमल, चितवन टाइगर्सले पाकिस्तानका दानिस अजिज र अफगानिस्तानका मोहम्मद शाहजादलाई विदेशी खेलाडीका रूपमा अनुबन्धित गरिसकेका छन्। 

प्रकाशित: १० भाद्र २०७८ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App