६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: सेगुन ललितपुरमा

सेगुन ललितपुरमा नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई फ्रेन्चाइज फुटबल क्लब ललितपुर सिटीले बिहीबार अनुबन्धित गरेको छ। आगामी शनिबारबाट दशरथ रंगशालामा आयोजना हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुरले सेगुनलाई टिममा अनुबन्धित गरेको हो।

लिग च्याम्पियन मच्छिन्द्रबाट खेलेका सेगुन बिहीबार मात्र काठमाडौं आइपुगेका हुन्। त्रिभुवन विमानस्थलमा क्लबले स्वागत गर्दै अनुबन्धित भएको जानकारी दिएको हो। सेगुनले एनएसएलका लागि नेपाल आउन पाउँदा खुसी लागेको बताए। उनले फ्रेन्चाइज फुटबलका लागि आफू उत्साहित रहेको प्रतिक्रिया दिए।

सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए भने यसअघि थ्री स्टारबाट समेत व्यावसायिक फुटबल खेलेका छन्। सेगुन नाइजेरियन फुटबलमा रक्षापंंक्तिका प्रभावशाली खेलाडीको रूपमा परिचित छन्।  

भाटभटेनी सुपर मार्केटको स्वामित्व रहेको ललितपुर सिटी एफसीले यसअघि क्रोएसियाका फरवार्ड भिलिम पोनिस्कोभिक र अजरबैजानका फरवार्ड नुर्लान जाहिद नोभ्रुजोभलाई टिममा आबद्ध गरिसकेको छ। अञ्जन विष्ट मार्की खेलाडी रहेको ललितपुरले एनएसलमा उद्घाटन खेल काठमाडौं रजर्ससँग  खेल्दै छ। 

प्रकाशित: १० वैशाख २०७८ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App