२३ आश्विन २०८१ बुधबार
image/svg+xml

साबिक विजेता एबिसीलाई हेटौँडा भेट्रान्सको उपाधि

शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३–० गोल अन्तरले हराउँदै पोखराले लगातार उपाधि कब्जा गरेको हो।

पोखराको प्याराग्लाइडिङः मान्द्रेढुंगामा उडेपछि तीनसय फिट भन्दा माथि जान नपाइने

मान्द्रेढुंगाको आकाशमा मात्र प्याराग्लाइडिङ उडाउन पाउने भनेर हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले क्षेत्र तोकिदिएको छ। यसअघि प्याराग्लाइडिङ उडान गर्न पाउने सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा विमानस्थल संचालनमा आएदेखि प्राधिकरणले उडानमा रोक लगाएको छ।

२२ औं आहारारा पोखरा गोल्डकप: संकटा र भुटनिजलाई उपाधिको प्रतिक्षा

आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि छिनोफानो शनिबार हुदैंछ । दुवै फाइनलिष्ट संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका उपाधि उचाल्दै इतिहास कोर्ने सपना साँचेका छन्। योजनाको रणनीति बुन्न व्यस्त छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

२२ औं आहा रारा पोखरा गोल्डकप: भुटनिज युथ स्पोर्टस फाइनलमा

पहिलो हाफमा आक्रमण र दोस्रो हाफमा रक्षात्मक रणनीति सफल भएपछि लामो यात्रा तय गरेर पोखरा आइपुगेको भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका फाइनल प्रवेश गर्दै इतिहास कोरेको छ।

सार्वजनिक शौचालय बनाउन महानगरपालिकाद्वारा एनआरएनसँग सम्झौता

पोखरा महानगरपालिकाले पोखरा–९ महेन्द्रपुल शौचालय निर्माण गर्न गैरआवासीय नेपाली संघसँग सम्झौता गरेको छ। शौचालय बनाउन महानगर र एनआरएन बीच सम्झौता भएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सहज छैन खर्च धान्न

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानाबाहेक नयाँ केही एयरलाइन्सले पनि उडान सुरु गरेका छन्। रात्रिकालीन उडान पनि भर्न सकिने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान संख्या केही थपिन सक्छ। त्यसले विमानस्थलको आम्दानी पक्कै बढ्नेछ।

आहा रारा पोखरा गोल्डकप: छ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी बाहिरियो

आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ मस्र्याङ्दी क्लबको थप यात्रा टुंगिएको छ।

सफल पोखरा म्याराथन आगामी फागुन पहिलो साता

सिटी म्याराथनको अवधारणाबाट शुरु भएको पोखरा म्याराथनको १७ औं संस्करण आगामी फागुन ६ गते शनिबार हुने छ। १७ औं संस्करणमा आईपुग्दा आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चले आधिकारिक समयको लागि ‘चिप’को व्यवस्था गर्ने निर्णय गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो एयरक्राफ्ट हिमालय एअरलाइन्स्

एयरलाइन्सले बिहान १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौंबाट उडान भरेर १३ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा अवतरण गरेको थियो।

२२ औं आहा रारा पोखरा गोल्डकप: आर्मी अभागी, संकटा गोल्डकपको सेमिफाईनलमा

नयाँ खेलाडी सम्मिलित संकटाले ‘स्किल फुल’ गेम देखाएपछि चार पटक पोखराको मैदानमा फाईनल खेलेको आर्मी ३–१ गोलमा पराजित हुदैं बाहिरियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्योः उपमहासचिव गुरुङ

आईतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन्।

हिमालय एअरलाइन्सको एअरबस पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान गरेको हो।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौंः प्रधानमन्त्री दाहाल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक विकासमा योगदान दिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक रुपको विकास गर्ने बताएका छन्। विमानस्थलले सिंगै राष्ट्रको विकासमा योगदान दिने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्