१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सफल पोखरा म्याराथन आगामी फागुन पहिलो साता

सिटी म्याराथनको अवधारणाबाट शुरु भएको पोखरा म्याराथनको १७ औं संस्करण आगामी फागुन ६ गते शनिबार हुने छ। १७ औं संस्करणमा आईपुग्दा आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चले आधिकारिक समयको लागि ‘चिप’को व्यवस्था गर्ने निर्णय गरेको छ। धावकको जुक्तामा चिपको प्रयोग गरिने मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए। ‘यो पटक हामी धावकको टाईमिङ लिन ‘चिप’को प्रयोग गर्छौ,’उनले भने, ‘चिप धावकको जुक्तामा लगाईने छ।’  

सुजल डेरी प्रालिको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथन सञ्जाल ‘एशोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाईटी’(एम्स)को मान्यता पाएको छ। मान्यतासँगै ‘सफल पोखरा म्याराथन’ अन्तराष्ट्रिय म्याराथन सञ्जालमा पुग्ने छ। नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी फागुन ६ गते शनिबार म्याराथनसँग दौडका अन्य इभेण्टलाई समेत समावेश गरेको छ।  

‘यो विश्वकै उत्कृष्ट म्याराथन हो। जहाँ ७ वटा मन्दिरलाई देख्न पाईन्छ। १७ वटा वडालाई छुन्छ’ नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने, ‘उत्कृष्टसँगै चुनौति पनि बढ्दै गएको छ।’ उनले पछिल्लो समय पोखरामा बढ्दै गएको सवारीले ट्राफिक जामको समस्या निम्त्याउने भन्दै त्यसको निराकरण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए।  

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु एकै दिन हुने हुनेछ। मुख्य इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलामिटर हाफ म्याराथन महिला, महिलापुरुष १० किलोमिटर दौड, विद्यालयस्तरिय छात्रछात्रा ५ किलोमिटर दौड, महिलापुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड समावेश गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए। एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुने समेत समावेश गरिएको उनको भनाई थियो।  

प्रथम पुरस्कार  ५लाख पु¥याइएको छ द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ। खुल म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ।  

पोखरा म्याराथनको रुट समेत एम्सबाट प्रमाणिकरण भइसकेको छ। यसै गरी महिला हाप mम्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन्। १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।  

५ किलोमटिर छात्रछात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन। ह्विलचियर तथा दृष्टिविहिन पुरस्कार राशीमासमेत केही वृद्धि गरिएको छ। पोखरा म्याराथनको कुलखर्च ९३ लाखखर्चहुने अनुमान गरेका छौं।  

प्रकाशित: १९ पुस २०७९ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App