२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

बसाहा गोल्डकपः उपाधिका लागि योङ ब्रदर्स र सहलेशबीच प्रतिस्पर्धा हुने

उदयपुरको चौदण्डीगढी ४ बसाहामा भईरहेको ‘नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८२’को उपाधिका लागि योङ ब्रदर्ससँग सहलेश युवा क्लबको स्पर्धा हुने भएको छ ।  

मङ्गलबार सम्पन्न अन्तिम सेमिफाइनलमा एपीएफ काठमाडौंलाई १–० गोलले पराजित गर्दै सहलेश फाइनलमा पुगेको हो ।  

सहलेशको जितमा १० नम्बर जर्सीका बिकी चामलिङ राईले गरेका एकमात्र गोल नै निर्णायक बन्यो । चामलिङले २६ औँ मिनटमा गोल गरेका थिए । तीन जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सहलेशले सुरुदेखि नै एपिएफविरुद्ध दबाब राखेको थियो ।  

बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा आयोजित खेलको म्यान अफ द म्याच सहलेशका गोलकर्ता विकी चामलिङ घोषित भए । उनले ५ हजार नगद र ट्रफी प्राप्त गरे ।  

फाइनल बिहीबार दिउँसो एक बजे योङ ब्रदर्स क्लब सुनसरी र सहलेश क्लब सिराहाबीच हुनेछ । सहलेश गतवर्षको पनि विजेता टिम हो ।  

उपाधि विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  

प्रकाशित: २० माघ २०८२ २०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App