१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

हिमालय एअरलाइन्सको एअरबस पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

हिमालय एअरलाइन्सको एयरबस ए ३२०९एन–एएलभी आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा सफलतापूर्वक अवतरण गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आज दिउँसो १ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौँबाट उडान भरेर १ बजेर ४४ मिनेट हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

हिमालय एअरलाइन्स्को यो एअरबस पोखरामा अवतरण गर्ने पहिलो एअरबससमेत बनेको छ। यो विमान ९एन–एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो।

त्यसपछि विमान आजै ३ बजेर ४४ मिनेटमा पोखराबाट उडान भरेर चार बजेर १७ मिनेटमा काठमाडौँमा अवतरण गरेको थियो।

प्रकाशित: १७ पुस २०७९ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App