६ वैशाख २०८२ शनिबार
image/svg+xml ५:१४ पूर्वाह्न

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टादेखि बन्द

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विगत २४ घण्टादेखि बन्द रहेको छ। बाक्लो तुँवालो हट्न नसकेपछि आइतबार बेलुकी ५ बजेदेखि बन्द रहेको विमानस्थल खुल्न नसकेको हो। विमानस्थल बन्द हुँदा हवाई उडान रद्ध भएका छन्।

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द

बाक्लो तुवाँलोका कारण भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। दिउँसो सवा ४ बजेपछिका सबै उडान रोकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको पक्का भएको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइटको तयारी गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दुईवर्ष पछि बल्ल अन्तर्राष्ट्रिय उडानको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष भन्दा बढी समय नाघिसकेको छ। अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेकोमा अब अन्तर्राष्ट्रिय उडानको तयारी भएको हो। हिमालय एयरलाइन्सले पोखरादेखि पहिलो व्यावसायिक उडान गर्न थालेको कम्पनिले बताएको छ।

पोखराका हवाई यात्रु १० लाख २३ हजार

आन्तरिक उडानमा मात्र सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२४ मा १० लाख २३ हजार यात्रुलाई ओहोरदोहोर गराएको छ। ती सबै आन्तरिक र विदेशी यात्रु हुन्।

पोखराबाट अन्तर्राष्ट्रिय उडान नभए लगानी जोखिममा पर्ने व्यावसायीको चिन्ता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुईवर्ष पुग्यो। सन् २०२३ को पहिलो दिन विमानस्थल उद्घाटन भएको थियो। यो अवधिमा विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। पोखराबाटै अन्तर्राष्ट्रिय गन्तव्यसम्म सिधा हवाई माध्यमबाट जोड्ने पोखरेलीको धोको अझै पुरा भएको छैन। पोखराबाटै नियमित पहिलो अन्तर्राष्ट्रिय उडानको आशामा पोखरा रहेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलोपटक पूर्ण यात्रु क्षमतामा उडान र अवतरण

पोखरामा यात्रु सहित जहाज अवतरण गरेपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा फर्किनेमा यसअघि सबैभन्दा बढी यात्रु भुटानको ड्रुक एयरबाट फर्केका थिए। गतवर्ष सेप्टेम्बर ९ मा पोखराबाट ४२ जना यात्रु मात्र बोकेर ड्रुकको जहाज भुटान फर्केको थियो। तर, सिचुआनका अघिल्ला दुइ उडान भने पोखराबाट फर्किदा रित्तै थिए। अरु उडानमा पनि यात्रु थिएनन्। विहीबार भने सिचुआनको जहाज १ सय २६ यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि उडेको हो।

बजारीकरण शुन्य, अन्तर्राष्ट्रिय उडान भने सधैंको माग

पोखरामा अन्तर्राष्ट्रिय उडान गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनि तयार रहेको भनेर संचारमाध्यममा समाचार पनि आउने गरेको छ। तर, दुईवर्ष पुग्नै लाग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन समयपछि नियमित अन्तर्राष्ट्रिय उडान होला भन्ने अझै निश्चित छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अन्तर्राष्ट्रिय उडानमा भार कटौती गर्नुपर्दैन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा ठुला आकारका जहाज आउनै नसक्नु र आउनै परेमा पनि भार घटाउनुपर्ने भन्ने हल्ला फैलिएको भन्दै त्यसमा नझुक्किन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आग्रह गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

नियमित संचालनमा आएको झन्डै दुइवर्ष पछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडानको तयारी थालेको हो। आगामी जनवरी पहिलो सातासम्म उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अन्तर्राष्ट्रिय उडानका लागि सधैंको हारगुहार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा सबैभन्दा दुखी पर्यटन क्षेत्र छ। त्यसैले हरेक पल्टका प्रधानमन्त्रीका भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान संचालन गर्नेगरि भ्रमण एजेन्डा बनाउन प्रधानमन्त्रीसँग व्यावसायीले हारगुहार गर्ने गरेका छन्।

‘उडान कटौतीले हवाई भाडा आकासियो’

स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको भन्दै पर्यटन क्षेत्रले गुनासो गरेको छ। पर्यटन क्षेत्रले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय हवाई भाडा वृद्धि हुँदा पर्यटक भित्रिने सिजन प्रभावित भएको बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अघिल्लो वर्ष सातवटा, यो वर्षको पहिलो उडान विहीबार

झन्डै एकवर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि चिनियाँ जहाज आउने भएको छ। पोखरामा हुन लागेको तेश्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडका सहभागी सहित कुन्मिङ नगरका पाहुना लिएर सिचुआन एयरलाइन्सको जहाज पोखरा आउन थालेको हो। चीनको कुन्मिङबाट उडेको जहाज विहीबार दिउँसो २ बजेर ४० मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अन्तर्राष्ट्रिय उडान गर्न कोही तयार भएनन्

पूर्वाधार बिस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि घटाउने तयारीसँगै सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चालु गर्ने योजना बनायो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ४ बजे नै उडान सुरु हुने

पोखरा सहितका नौवटा विमानस्थलको उडान तालिका झन्डै डेढघण्टा अगाडि सारिएको छ। वर्षा र पहिरोले सडकमार्गमा समस्या भएपछि हवाई यात्रु बढेको र त्यसले उडान चाप थपिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं सहितका नौवटा विमानस्थलको उडान समय बिहान साढे ४ बजेबाट सुरु गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्