१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक विकासमा योगदान दिन्छः प्रधानमन्त्री

विमानस्थल उद्घाटन गर्न आइतबार पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिरः उमेश पुन/नागरिक

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक रुपको विकास गर्ने बताएका छन्। विमानस्थलले सिंगै राष्ट्रको विकासमा योगदान दिने उनले बताए।

पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु सबैको सपना भएको बताए। ‘हामी सबैको सपना यो विमानस्थल निर्माण होस भन्ने चाहेका हौ। गुणस्तरीय रुपमा निर्माण होस भन्ने चाहेका थियौ,’ उनले भने।  

प्रधानमन्त्री दाहालले विमानस्थलले समग्र आर्थिक विकास गर्ने बताए। पर्यटकीय केन्द्रको रुपमा पोखरा रहेकोले यसले पोखराको विकासमा योगदान दिने बताए। ‘कनेक्टिभिटीका धेरै माध्यम छन्। तर, हाम्रो लागि आवश्यक र प्रभावकारी भनेको हवाई सेवा नै हो,’ उनले भने, ‘कनेक्टिभीटिको क्षेत्रमा यो विमानस्थलले योगदान दिनेछ। सिंगै राष्ट्रको विकासमा यसले योगदान दिनेछ।’  

प्रधानमन्त्री दाहालले गण्डकी प्रदेशको प्रतिनिधिको रुपमा आफु प्रधानमन्त्री बनेकोले गण्डकी प्रदेशप्रति जिम्मेवारी विशेष रहेको उनले बताए। ‘कास्की मेरो जन्मस्थल भएको नाताले कास्की प्रति मेरो झुकाव छ। यहाँका जनताले मलाई छिट्टै प्रधानमन्त्रीको रुपमा देख्न पाउँ भनेका थिए। यहाँका जनताले चाहे जस्तै तेश्रोपटक जनताको सेवा गर्न पाएको छु,’ उनले भने।  

उनले यो पटक सामाजिक न्याय, सुशासन र समृद्धिलाई मुल मन्त्र बनाएर जनताप्रति काम गर्ने अठोट गरेको बताए। चुनावका बेला घुम्न आफुले सामाजिक न्याय र सुशासन एजेन्डा बन्नुपर्नेमा आफ्नो जोड रहेको उनले बताए।  

प्रकाशित: १७ पुस २०७९ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App