२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्माण सकिन नपाउँदै भत्कियो पोखराको महेन्द्रपुलस्थित साँघुमुख पार्कको पर्खाल

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल भत्किएको छ।

पोखराः सडकदेखि घरसम्मै फोहोरको थुप्रो

पोखरा सहरको फोहोर नउठेको झन्डै दुइसाता पुग्न थाल्यो। सडकको चोकचोकमा फोहोरको पोका थुप्रिएका छन्। त्यत्तिमात्र नभई नागरिकको घरघरमा पनि फोहोर थुप्रो लागेको छ। झन्डै दुइसातासम्म फोहोर नउठ्दा घरघरमा दुर्गन्ध फैलिन थालेको छ। अहिलेकै अवस्थामा घरघरको फोहोर उठ्न अझै केहीदिन लाग्ने पोखरा महानगरको अनुमान छ।

गोलभेंडाः पोखरामा किलोको १ सय ८०

दुइसाताअघिसम्म पनि पोखरामा गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो एकसय रुपैयाँ हाराहारीमा थियो। तर, अहिले भने एकाएक गोलभेंडाको मूल्य अकाशिएको छ। बजारमा अहिले गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँसम्म उक्लेको छ।

मंसिर तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।

यी हुन ढिलासुस्ती र लापरवाहीमा उत्कृष्ट विकासे आयोजनाहरु

कञ्चनपुर–कमला सडक खण्डको ठेक्का चाइना रेल्वे इन्जिनियरिङ २ ग्रुप कम्पनी लिमिटेडले पाएको छ। चिनियाँ ठेकेदार कम्पनीले अनेक बहाना गरेर आयोजनाको काम रोक्दासमेत सरकार मूकदर्शक बन्दै आइरहेको छ।

पोखराको प्याराग्लाइडिङ: ‘सोलो’ उडानका पाइलट आउनै छाडे

हवाइ सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको (एकल) सोलो उडानमा रोक लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताएपनि दशमहिना पुग्न लाग्दापनि सोलो उडान अझै सुचारु भएको छैन। सोलो उडान संचालन नहुँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको व्यावसायीले बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: कहिले चराको सास्ती त कहिले मुसाको

गत पुस मध्यदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराले झमेला पार्ने गरेको घटना बेलाबेला बाहिरिने गरेको थियो। जहाज उडान र अवतरणका क्रममा चराले विमानस्थलमा बारम्बार दुख दिइरहँदा सोमबार भने मुसाले अप्ठ्यारो थपिदिएको छ। उड्न लागेको जहाजमा मुसा पसेको आशंकामा सोमबार घन्टौसम्म जहाजमा मुसा खोजि गर्नुपरेको छ।

धावनमार्गबाट दौड्दै आएर जहाजमा मुसा पसेको अनुमान

पोखराबाट काठमाडौं उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा पसेको छ। धावनमार्गबाट दौड्दै आएर रोकिरहेको जहाजको टायरबाट मुसा भित्र पसेको विमानस्थलको अनुमान छ। जहाज चढ्दै गरेका यात्रुले टायरमा मुसा पस्दै गरेको देखेपछि उड्न ठिक्क परेको जहाज पोखरामै रोकिएको छ।

पोखरामा भदौ १६ गते तायाः मचा नाच प्रतियोगिता

पोखरामा आगामि भदौ १६ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसवर्ष पोखरा महानगरपालिका–११ रानिपौवामा हुनेछ।

पर्यटकीय सहर पोखराको सडकमा छताछुल्ल फोहोर

केहीदिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोकचोकमा यतिबेला फोहोरको थुप्रो लागेको छ।

पोखरा महानगरले तोक्यो अनुदानमा वितरण हुने रासायनिक मलको मूल्य

पोखरा महानगरपालिकाले आंशिक अनुदानमा वितरण हुने रासायनिक मलको मूल्य निर्धारण गरेको छ। पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले संघ सरकारको आंिशक अनुदानमा वितरण हुने मलको मुल्य तोक्नुका साथै बिक्री परिमाणको कोटापनि निर्धारण गरेको हो।

पोखरा क्रिकेट मैदानः भिआईपी ब्लक बनाउन ठेक्का

लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण हुने भएको छ।राष्ट्रिय खेलकुद परिषदले विनियोजन गरेको दुईकरोड रुपैयाँले भिआईपी ब्लक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिसकेको छ।

किसानलाई महानगरको ४४ लाख रुपैयाँ अनुदान

व्यवसायिक पशुपालन गर्ने किसानलाई पोखरा महानगरपालिकाले प्रोत्साहन गर्दै आएको छ। पशुपालक किसानलाई महानगरपालिकाले आर्थिक वर्षको शुरुवातसँगै प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ।

पोखराः पृथ्वीचोक क्षेत्रको सडकमा ‘नो पार्किङ’

पोखरा बसपार्क क्षेत्रको सडकमा अबदेखि सवारी पार्किङ गर्न नपाईने भएको छ। पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि सेतीपुल (चाईनापुल)सम्मको सडकमा पार्किङ गर्न रोक लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्