१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा महानगरले तोक्यो अनुदानमा वितरण हुने रासायनिक मलको मूल्य

मलको मूल्य तोक्न बसेको मल वितरण ब्यवस्थापन समितिको बैठकमा पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङ लगायत।

पोखरा महानगरपालिकाले आंशिक अनुदानमा वितरण हुने रासायनिक मलको मूल्य निर्धारण गरेको छ। पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले संघ सरकारको आंिशक अनुदानमा वितरण हुने मलको मुल्य तोक्नुका साथै बिक्री परिमाणको कोटापनि निर्धारण गरेको हो।

पोखरा महानगरपालिकाका उप–प्रमुख एवम् मल वितरण ब्यवस्थापन समितिकी संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार महानगरले आर्थिक वर्ष २०८०÷८१ का लागि मल डिपोदेखि बिक्री केन्द्रको दुरीका आधारमा मलको फरकफरक मूल्य निर्धारण गरेको छ। जसअनुसार युरिया मलको मूल्य महानगरका नजिकका क्षेत्रमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसा तोकिएको छ भने टाढाका क्षेत्रमा २१ रुपैयाँ ५ पैसा तोकिएको छ।

महानगरले डिएपी मलको मूल्य नजिकका क्षेत्रमा प्रतिकेजी ४८ रुपैयाँ ४५ पैसा तोकेको छ भने टाढाका क्षेत्रमा प्रतिकेजी ५० रुपैयाँ ५ पैसा तोकेको कृषि महाशाखा प्रमुख कडरियाले बताए। यसैगरी पोटास मलको मुल्य नजिकका क्षेत्रमा प्रतिकेजी ३६ पैयाँ ४५ पैसा तोकिएको छ भने टाढाका क्षेत्रमा प्रतिकेजी ३८ रुपैयाँ ५ पैसा तोएिको छ।  

मल पोखरा महानगर कृषि महाशाखामा सुचिकृत भई बिक्री वितरण गर्नको लागि छनौट भएका २६ वटा वडाका ६७ केन्द्रबाट बिक्री वितरण भईरहेको कडरियाले जानकारी दिए। ‘मल बिक्र्री वितरणका लागि आर्थिक वर्ष २०७९÷८० मा बिक्री भएको आधारमा मल बिक्री केन्द्र निर्धारण गर्ने निर्णय भएको छ,’ उनले भने। सुचिकृत बिक्रेकतालाई मलको कोटा निर्धारण गरिएको उनले प्रष्ट पारे। अब किसानले महानगरले तोकेको मूल्यमा मल पाउने उनको भनाई छ। ‘मलको बिक्री वितरणबारे हामीले अनुगमन गर्छौं। सहज र सुपथ मूल्यमा बिक्री वितरण नभए बिक्री केन्द्रमाथि कारवाही हुन्छ,’ उनले भने।

पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डीएपीर पोटास गरेर १९७७.६५ टन मल खपत भएको थियो। गत आर्थिक वर्षमा पोखरा महानगरमा युरिया १२२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको कडरियाले जानकारी दिए।

प्रकाशित: १२ श्रावण २०८० ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App