१५ असार २०८१ शनिबार
image/svg+xml

हिउँदे अधिवेशनसम्म नयाँ संसद् भवन नबन्ने

तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको संघीय संसद् भवनको भौतिक प्रगति हालसम्म ७५ प्रतिशत मात्रै भएको छ।

भूकम्पका घाइतेका लागि रगत सङ्कलन

जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन्।

प्रगतिशील कानुन व्यवसायी उपत्यका कमिटीमा शिव अर्याल

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको उपत्यका प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ।

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’

धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुन सक्ने देखाएको छ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त

नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

छाडा चौपाया व्यवस्थापनको प्रगतिको विवरण पठाउन पालिकालाई अदालतको निर्देशन

छाडा चौपाया व्यवस्थापनका लागि एक महिना अघि आदेश गरेको कपिलवस्तु अदालतले छाडा चौपाया व्यवस्थापनमा गरेको प्रगति विवरण बुझाउन कपिलवस्तुका १० वटै पालिकालाई अर्को आदेश गरेको छ।

माथिल्लो त्रिशुली १ को प्रगति २२ प्रतिशत

वैदेशिक लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको भौतिक प्रगति २२ प्रतिशत भएको छ। कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन आयोजनाको निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो।

रगत उपलब्ध गराउन सम्झौता

धरान नगरपालिका ९ का वासिन्दालाई उपचारमा आवश्यक परेमा सेवा शुल्कविना निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा र वडा कार्यालयबीच सम्झौता भएको छ।

सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड

सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ। उक्त रकममध्ये ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो।

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ६ नेपालीको ज्यान गयो

शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको छ।

राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति निराशाजनक

गत आर्थिक वर्ष गौरवका आयोजनामध्येको सडक आयोजना वार्षिक लक्ष्य अनुसारको भौतिक प्रगति गर्न असफल देखिएका छन्।

दाताको ऋणमा निर्माणाधीन सडकको प्रगति निराशाजनक

‘स्वदेशी लगानीका आयोजनाभन्दा दातृ निकायको अनुदान तथा ऋणमा निर्माणाधीन आयोजनाहरूको पुँजीगत खर्च र प्रगति कमजोर देखिएको छ।’

समष्टिगत वित्तीय र भौतिक प्रगति निकै कमजोर

गत आर्थिक वर्षमा आयोजनाले वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित बजेटको वित्तीय र भौतिक प्रगति भने लोभलाग्दो थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्