१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

प्रगतिशील कानुन व्यवसायी उपत्यका कमिटीमा शिव अर्याल

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको उपत्यका प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ। नेकपा(एमाले) स्थायी कमिटी सदस्य एवम् पूर्वकानुनमन्त्री अग्नि खरेलको प्रमुख आतिथ्यमा सो सम्मेलन सम्पन्न भएको हो।

शुक्रबार सम्पन्न सम्मेलनले शिव अर्यालको संयोजकत्वमा २१ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ।

नयाँ कार्यसमितिमा सहसंयोजक बाबुराम राई, सचिव रामचन्द्र भण्डारी, कोषाध्यक्ष युवककुमार गौतम र सदस्य श्रीकान्त बराल, शरला मोक्तान, सुशील पोखरेल, राजेन्द्र भण्दारी, कुष्माकर सापकोटा, प्रदीप सापकोटा, छविलाल देवकोटा, रमेशकुमार थापा, सीता अधिकारी, शैलेन्द्र सुमन, प्रचण्ड प्रधान, भगवती पाण्डे शीतल, मधुसुदन वाग्ले, जितिन्द्रा विष्ट, दिलकुमार कार्की, रामशरण डंगोल, अस्टलाल श्रेष्ठ, रितु वर्ण बानियाँ, भद्रकुमारी राउत, कृपा पोखरेल, सुलभ भण्डारी रहेका छन्। नवनिर्वाचित कार्य समितिका पदाधिकारीलाई शुक्रबारै पद तथा गोपनीयताको शपथ दिलाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि अग्नि खरेलले कानुनी शासनका लागि सबै कानुन व्यवसायीले पहरेदारी गर्न आह्वान गरे। कार्यक्रम नेकपा(एमाले) केन्द्रीय सदस्य तथा पूर्व महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थितिमा सम्पन्न भएको थियाे।

प्रकाशित: १८ कार्तिक २०८० ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App