२१ आश्विन २०८१ सोमबार
image/svg+xml

इन्दिराको तीज कोसेली ‘नाचौँ मितिनी’

गीतकार दिनेश अधिकारीको शब्द तथा गायिका इन्दिरा भट्टराईको स्वरमा  ‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ।

रेश्माको ‘नेटो काटमकी यसपालि’

गायिका रेश्मा केसीको ‘नेटो काटम कि यसपालि’ तीज गीत सार्वजनिक भएको छ। गीतमा तृप्ती खड्का, रेश्मा केसी र गायक सन्दीप न्यौपानेको स्वर छ।

सागमा पदक जित्ने लक्ष्य

तेक्वान्दोकी खेलाडी संगीता बस्याल विगत सात वर्षदेखि राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै आइरहेकी छिन्। खेल्न सुरु गर्दा देशका लागि लामो समयसम्म खेल्ने संगीताको लक्ष्य थिएन। तर, हाल उनको लक्ष्य फेरिएको छ। समयसँगै संगीताले खेललाई नै आफ्नो जीवनको मुख्य लक्ष्य बनाइसकेकी छन्। आफ्नो शरीरले साथ दिएसम्म देशका लागि खेल्दै पदक जित्ने उनको अठोट छ। खेल करियरको प्रारम्भमा यस्तो लक्ष्य थिएन। सुरुमा उनले मनोरञ्जनका लागि मार्सल आर्टर्स खेलिन्।

तबला बजाउन सिकाउँदै सरिता

तवलावादक सरिता मिश्रको दिनचर्या नेपाली शास्त्रीय संगीत सिक्न आउने विद्यार्थीहरूसँगै बित्छ। काठमाडौंमा सूर्योदय नहुँदै शास्त्रीय संगीतमा रुचि राख्ने विद्यार्थीहरू उनको नाद संगीत पाठशालामा पुगिसक्छन्। बिहानै उनी शास्त्रीय संगीतअन्तर्गत तबला सिक्न पुगेका विद्यार्थीहरूलाई प्रशिक्षण दिन तलिन हुन्छिन्। उनले यो संगीत स्कूल ९ वर्ष अगाडि खोलेकी हुन्।

कोरियन फिल्मको मोह बढ्दो

विश्वभरको मनोरञ्जन बजारमा कोरियन फिल्म र संगीतको प्रभाव बढ्दो छ। नेपालका युवा पुस्ताहरू कोरियन फेसन, फिल्म र के–पप संगीत पछ्याउन थालेका छन्। इन्टरनेटको सुविधासँग कथावस्तुबाट प्रभावित भएर कोरियन फिल्म हेर्ने नेपाली दर्शकको संख्या दिनानुदिन बढ्दै गएको छ। बौद्धमा फिल्म र म्युजिकको पसल सञ्चालन गरिरहेका विकास श्रेष्ठका अनुसार कोरियन फिल्म र के–पप संगीत डाउनलोड गरेर लैजाने युवाहरूको संख्या ह्वात्तै बढेको छ। ‘पसलमा आएर कोरियन फिल्म र के–पप संगीत डाउनलोड गरेर लैजाने युवाहरू धेरै छन्। इन्टरनेटको सुविधासँगै उनीहरू नयाँ कोरियन फिल्म र के–पप संगीत खोज्ने गरेका छन्। सिडी संस्कृति घटेपनि पेनडाइभ र मोबाइलमार्फत कोरियन फिल्म लाने ग्राहक दिनानुदिन बढेका छन्,’उनी भन्छन्, ‘कोरियन फिल्महरू रिलिज भएको भोलिपल्ट नेपाली बजारमा आइपुग्ने गरेका छन्।’

बालबालिकाको रुचि र मनोविज्ञानको सम्मान

गीतकार भूपाल राईको ‘किताबको पाना हेर’ शीर्षक गीत कक्षा ४ को नेपाली पाठ्यक्रममा समावेश छ। उनले भनेका छन् कि किताबका पानाहरू ज्ञानका हिसाबले बच्चाहरूभन्दा पनि ठूला हुन्छन्। हामी आँैलाभन्दा साना कलमका टुप्पाले ज्ञानी कुरा लेख्छौं। वीरताका कुरा लेख्छौं। गौरवका गाना लेख्छौं भनेर राईले बालकहरूलाई देशसँग सकारात्मक रूपमा जोड्न यो गीत लेखेका हुन्।

१९७४ एडी ‘रियुनाइटेड’

सांगीतिक रक ब्यान्ड १९७४ एडीका पुराना सदस्यहरू ‘रियुनाइटेड’ भएका छन्। सोमबार पुराना ब्यान्डका सदस्यहरूसहित देखिएको १९७४ एडीले औपचारिक रूपमा ‘रियुनाइटेड’ भएको घोषणा गरेका छन्।

गुञ्जिए तारादेवी र अरुणाका गीत

स्वर साम्राज्ञी अरुणा लामाको ‘नेपाली गौरव गर्छौ’ बोलको गीतलाई १२ जना पोखरेली गायिकाले सामूहिक स्वर दिँदा पोखरा सभागृह गुञ्जायमान बन्यो। उनीहरूको स्वरमा पोखरेलीले ताली र स्वरमा स्वर मिलाउदै गर्दा सभागृहको माहोल गुञ्जायमान भएको थियो।

तारा देवी र अरुणा लामाका गीत गुञ्जदै

‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले भोलि शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो ।

विशालको ‘थाहा छ तिमीलाई’

म्युजिक एरेन्जर हुँदै गायनमा प्रवेश गरेका गायक विशाल निरौलाले नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक गरेका छन्। रमा थापाको शब्द र संगीतमा ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका हुन्।

पलेँटीमा ‘मुनामदन’ गुन्जन

यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा संगीतकार शान्ति ठटालले धुन भरेको ‘मुनामदन’ प्रस्तुत हुने भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन्। संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन गरिएको थियो। गीति–नाटककै स्वरूपमा प्रदर्शित यो कृतिका धुन भने बिस्तारै विस्मृतिमा गएका थिए।

आधुनिक संगीतको उकालीमा

तरलित तुल्याउँछ कैंयौं मनहरूलाई गीत–सङ्गीत र साहित्यले। भेटाउँछ मनको गहिराइ। मनोरन्जनका साथै समाजमा देखा परेका विकृति र विसंगतिप्रति पनि औंला उठाउन समेत सिकाउँछ संगीतले। सुदूरपश्चिमबाट पनि गुञ्जित भए केही धुन, रचना भए शब्द र सुनिए केही स्वरहरू। पहाडका ७ र तराईका २ गरी ९ जिल्लाको गीतसङ्गीत नै सुदूरपश्चिमको झंकार हो।

बंगलादेशी राजदूत सम्मानित

नेपाली साहित्य, संगीत र संस्कृति संरक्षणमा योगदान पु¥याएको भन्दै नेपालका लागि बंगलादेशकी राजदूत म्यासम विन्ते चाम्सलाई अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले सम्मान गरेको छ।

सांगीतिक उर्जा जगाउँदै शान्ति

‘पीडामा लेखिएका गीतहरू साँच्चिकै मेलोडियस् हुन्छन्। सायद मेलोडियस गीतहरू अब सुन्न पाइँदैन होला’, केही दिनअघि कालिकास्थानस्थित नेपालयमा गीत रिहर्सल गरिरहेकी गायिका र संगीतकार शान्ति ठटाल भन्दै थिइन्, ‘नयाँ पुस्ताका कलाकारले मेलोडियस गीतहरू तयार पार्न सकेका छैनन्।’ आज शुक्रबारदेखि आयोजना हुन लागेको ‘पलेँटी’ शृंखला अन्तर्गत ‘सेलिब्रेटिङ शान्ति ठटाल्स् म्युजिकल जर्नी’ कार्यक्रममा संगीतकार ठटाल गायिका विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानसाथ प्रस्तुत हुँदैछिन्। चौथौ पटक ‘पलेँटी’ शृंखलामा देखिन लागेकी उनी रिहर्सलमा दुई गायिकाहरूलाई प्रोत्साहित गर्दैछिन्।

जनताले भने झैं भा'को छैन है ...(भिडियो)

जनआन्दोलनको समयमा हामी कलाकारमात्र होइन बुद्धिजिवी, किसान, मजदुर, किसान, डाक्टर, पाइलट, शिक्षकलगायत हरेक पेशा र क्षेत्रका मानिसहरु आन्दोलनको मैदानमा थियौँ। मलाई त्यतिवेलाका धेरै घटनाहरु अहिले पनि याद छन्। यद्यपि सबै घटनाहरु भनिरहन सायद समयले साथ दिदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्