२१ आश्विन २०८१ सोमबार
image/svg+xml

क्यालकुलेटरमा मायाको हिसाब गर्दै बले र कक्रोज

चर्चित हाँस्य कलाकार सागर लम्साल(बले) र हरि निरौला(कक्रोज) अभिनित क्यालकुलेटर बोलको गीत सार्वजनिक भएको छ।

दिलिपका दुई कृति

कवि, मुक्तककार तथा गीतकार दिलिप योन्जन तामाङद्वारा लिखित मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार एक कार्यक्रमकाबीच संगीतकार शक्ति बल्लभ, गीतकार किरण खरेल, गीतकार राजेन्द्र थापा, गजलकार विपिन किरण, संगीतकार राजेश थापालगायतले मुक्तक संग्रह र गीति एल्बमको संयुक्त रूपमा विमोचन गरे।

‘लुकीछिपी किन मायामा’ ‘चोपेन्द्र’र सुरबिनाको अव्यक्त प्रेम

फिल्म ‘बुलबुल’का नायक मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्कीसँगको अव्यक्त प्रेमलाई देख्न सकिन्छ।

गजलमा बसन्तको ‘मृगतृष्णा’

‘ओठ निचोर्दा दुध आउने केटाहरू कविता लेख्न नसकेर गजल लेखिरहेका छन्,’ चालीसको दशकमा समीक्षकहरू यस्तै टिप्पणी छपाउँथे। नेपालीमा गजल लेखनको मात्र होइन, गायनको इतिहास पनि उत्साहजनक छैन। सुरुमा पुराना गायक सेतुरामले मोतीराम भट्टको ‘यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन्,’ गाएको रेकर्ड त छ तर ‘काफिया’ नभएकाले यसलाई समीक्षकहरू गजल मान्दैनन्।

भिडियोमा नेपथ्यको ‘नासै छ्याँबा’

सांगीतिक समूह ‘नेपथ्य’को गीत ‘नासै छ्याँबामनो ह्योल’ को भिडियो सार्वजनिक भएको छ। नेपालीमा ‘गाउँहरू मध्येमा मनाङको गाउँ राम्रो’ अर्थ राख्ने यो गीतमा व्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङको स्वर छ। अमृतले सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए। यसको रेकर्ड भने त्यसको चारवर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’मा राखिएको थियो।

गोठाले बाँसुरीले डो-याएको यात्रा

उनी राम्रा गायक, संगीतकार तथा संगीत संयोजक हुन्। घण्टौसम्म एकोहोरो किबोर्ड र कम्प्युटरमा तल्लीन भैरहने विनोद बाजुरेलीले संगीतसंयोजन गरेका गीतहरूको संख्या ७ हजार नाघिसक्यो। डेउडा र लोकगीत समेत गरेर १ सय जति गीतमा स्वर दिएका छन्।

‘प्रचण्ड’की नातिनीको गीतमा प्रियंकाको छमछमी

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ। ‘मलाई आमाले दिएको चौबन्दी चोली...’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ। शब्द दिनेश थपलियाले लेखेका हुन्। उनी प्रमुख निर्वाचन आयुक्तसमेत हुन्।

लोप हुँदै ‘रत्यौली’

सम्बन्धको विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका गीत गाउँदै रत्यौलीमा खुब रमाइलो गरिन्थ्यो उहिल्यै–उहिल्यै।

रहेनन् संगीतकार बिजु

संगीतकार, संगीत संयोजक, रेकर्डिस्ट र गीतकार बिजु बज्रको ४८ वर्षको उमेरमा आइतबार दिउँसो हृदयघातका कारण निधन भएको छ।

गाउँपालिका चिनाउने गीत

नेपालकै अग्लो झरना। सुन्दर पाटन र चौरहरू। कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाका विषेशताहरू हुन्, यी। यिनै विशेषताहरूलाई समेटेर अध्यक्ष खड्गराज सेजुवालले गीत तयार पारेका छन्।

टुहुरे एकल साँझ : आमा दिदी बैनी हाे, कति बस्छाै दासी भै

जब दाहाल नाच्न थाले हलमा भरिभराउ दर्शकहरुले हुटिङले साथ दिएपछि ७५ बर्से टुहुरे झन् कस्सिएर गाउन थाले। ७५ बर्से टुहुरेको जोस देखेर हलमा उपस्थित दर्शक झनझन हुटिङले साथ दिन थाले। दाहालको व्यस्तताको कारण टुहुरेले अन्तिममा गाउन लागेका यो गीत बीचमै गाएका थिए।

पतिबाट अलग्गिइन् एडिली

बेलायती गायिका तथा गीतकार एडिली पति सिमोन कोनेकीबाट अलग्गिएकी छन्। गायिकाका प्रतिनिधि बेनी तारान्तिनी र कार्ल फिसले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुवैजना अलग्गिएको पुष्टि गरेका हुन्।

गीतले सम्झाएका ती पलहरू

हाम्रो गाउँमा बिजुली थिएन, टीभी थिएन। खोजी खोजी हेरिएका त्यसवेलाको फिल्मका याद अहिले पनि उत्तिकै सम्झिन्छु म, भन्न सक्छु त्यसवेला हेरेका फिल्ममा कुन गीत कहाँ थियो। त्यतिवेलै खोज्थें, गीतका सर्जक, गायक अनि नायक।

लेकका हामी केटाकेटी

संगीतकार एवं गायक आभास काठमाडौंको काँठ क्षेत्रका रैथाने हुन्। महानगरको उत्तरपूर्वी कुनो आलापोटमा ०१९ चैत १ मा जन्मेका हुन् उनी। सामान्य किसान परिवारमा जन्मे/हुर्केका उनी लामो साधना र संघर्षबाट स्थापित संगीतकर्मी बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्