२१ आश्विन २०८१ सोमबार
image/svg+xml

केशवले ल्याए ‘माया रानी’

खोटाङका गायक केशव राईको ‘माया रानी’ बोलको नयाँ गीत बजारमा आएको छ। विभिन्न राई भाषामध्ये पहिलोपटक थुलुङ भाषाको गीत रेकर्ड गराएका केशवले गायक तथा संगीतकार जिबीहाङ राईको शब्द तथा संगीत रहेको ‘माया रानी’ गीत सार्वजनिक गरेका हुन्।

‘साम्दुङ’ लिएर दीपेश

खोटाङका गायक तथा संगीतकार दीपेश राईको चाम्लिङ राई भाषाको एलबम ‘साम्दुङ’ सार्वजनिक भएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका युवा गायक तथा संगीतकार राईको ‘फोप्ती’, ‘साम्दुङ’, ‘होसुङ’ र ‘बुइछोर’ बोलको चारवटा गीत समेटिएको एलबम हालै काठमाडौंको चाबहिलस्थित फलैंचा रेष्टुरेन्टमा सार्वजनिक गरिएको हो।

गीत : जो पहिलो प्रेम सम्झाइदिन्छ

गोरु नारेर खेतबारी जोत्न थाल्नुहुन्थ्यो बुबा। माल्दाई छेऊकुना मिलाउने, कान्ला ताछ्ने गर्थे। हजुरबा चाहिं ढ्यांग्रे रेडियोमा लोकगीत घन्काउँदै बारीको वल्लो छेउबाट पल्लो छेउ बिनासित्तै चाहारिरहने।

सोलुका संगीतकर्मी श्रीमानको मृत्यु

पूर्वको हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ पोखरेमा जन्मेका संगीतकर्मी श्रीमान् (थुलुङ ) राईले आफ्नो कर्मथलो पश्चिम पोखरा बनाए। सङ्गीत साधनमा अनवरत अघि बढेका उनै श्रीमान् अब यो संसारमा रहेनन्। गायक तथा सङ्गीतकमर्मी र प्रशिक्षक समेत रहेका उनको बुधबार राति पोखरामा स्कुटर दुर्घटनामा ज्यान गयो।

‘अतित’मा आए अर्जुन मिलन

संविधानविद् डा. भीमार्जुन आचार्य गीत लेखन, गायन हुँदै संगीतमा पनि उत्तिकै सक्रिय छन्। सांगीतिक क्षेत्रमा अर्जुन मिलनका रूपमा चिनिने उनको चौथो एल्बम ‘अतित’ सार्वजनिक भएको छ। एल्बममा गजल तथा गीत संग्रहित छन्।

याद जाे गीतसँगै बजिरहन्छ

उसका स—साना ओठहरूले प्रायः यिनै हरफहरू गुनगुनाइरहन्थ्यो। बजार त ‘तु चिज हे बढी मस्त मस्त’ मोहरा फिल्मको गीतले तताइरहेको थियो। तर ऊ किन चिसो गीत गाउँथ्यो? किन मुटु दुख्ने अन्तराहरूमा रुमलिन्थ्यो? ऊ कमानेदेखि धाउँथ्यो, पशुपतिनगर। उसका एकजोर किशोर पैतालाले साइकलको पाउदानी जोडजोडले घुमाउँथ्यो। गन्तव्य खोज्थ्यो।

‘तिमीले भन्दा’को भिडियो सार्वजनिक

‘तिमीले भन्दा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। अर्जुन अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन्।  यस गीतमा अर्जुनले नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठको प्रेम प्रस्तुत गरेका छन्।

सोनाहाङको ‘किन किन’

गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत ‘किन किन’ सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा पुरुषोत्तम न्यैपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ।

विगत सम्झँदै आभासले गुञ्जाए पलेँटी

संगीत साधनाका विभिन्न कोणहरूबाट आफुलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभास लामो अन्तरालपछि गत शुक्रबार ‘पलेँटी श्रृंखला’मा सोलो प्रस्तुत भएका छन्। ‘पलेँटी श्रृंखला’कै संयोजकसमेत रहेका उनकै स्वरबाट आधुनिक नेपाली संगीतको कार्यक्रम नेपालयले करिब डेढ दशकअघि सुरु गरेको थियो।

संगीतले तात्दै गुराँसको राजधानी

आउँदो नयाँवर्ष तपाईं कसरी मनाउँदै हुनुहुन्छ? नयाँवर्ष पूर्वी नेपालको यात्रा गरेर मनाउने योजना छ भने तपाईंलाई गुराँसको राजधानी तीनजुरे–मिल्केमा स्वागत छ। गुराँसका लागि प्रख्यात रहेको पूर्वी पहाडी यो क्षेत्र आगामी नेपाली नयाँवर्ष अर्थात् २०७६ संगीतमय बन्दैछ। जहाँ विश्वका १ सय २ देशका नागरिकको जमघट हुनेछ।

धर्मराजको गीत

खोटाङका गायक धर्मराज पोखरेलको गीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। नवराज दाहालको लय र शब्द तथा गायक पोखरेल र निशा कार्कीको स्वर रहेको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो।

गाउँपालिकाको गीत छनोट

नेचासल्यान गाउँपालिकाले गाउँपालिकाको गानको रूपमा प्रयोग गरिने गीतको छनोट गरेको छ। गत भदौमा सार्वजनिक रूपमा गाउँपालिका गान आव्हान गरेको गाउँपालिकाले पुस २ गते नतिजा प्रकाशन गरेको थियो।

‘पलेँटी’मा आभास गुञ्जन

तेह्र वर्षदेखि सांगीतिक श्रृंखला ‘पलेँटी’ को संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास यसपटकको ‘पलेँटी’मा आफैं प्रस्तुत हुने भएका छन्। नेपालयले सञ्चालन गर्दै आएको यो श्रृंखलाको पहिलो संस्करणको सुरुवात पनि आभासकै गीतबाट गरिएको थियो।

चुपचाप साधना

‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘वनको काफलवनको चरीलाई...’,‘माझीदाइ पोखरा फेवातालको...’, जस्ता गीत नसुनेको नेपालीको होला ? ती गीत सुनेका बहुसंख्यकलाई तिनका गायकबारे पनि थाहा छ। यी तिनै गीत हुन् जसबाट बद्री पंगेनी, बिमाकुमारी दुरा, सिर्जना बिरही थापा, मिलन लामा, राजु परियार जस्ता गायक–गायिका निकै हिट भए। तर, यी र यस्ता थुप्रै कर्णप्रिय गीत–संगीतसँग प्रत्यक्ष जोडिएको एउटा पात्र दुनियाँको नजरबाट ओझेलमा छ। ऊ चुपचाप साधनामा तल्लीन छ। न प्रचार खोज्छ, न कसैसँग गुनासो नै राख्छ। संगीतको संसारमा लडीबुडी गर्न पाइरहनुलाई सबैथोक ठान्छ ऊ।

र्‍याप ब्याटल प्रतियोगिता

र्‍याप संगीतको विकासका लागि नेपालमै पहिलोपटक प्रतियोगितात्मक ‘र्‍याप ब्याटल अफ नेपाल २०१९’ हुने भएको छ। शैक्षिक र मनोरञ्जनात्मक इभेन्ट गर्दै आइरहेको संस्था एएनपी मिडिया हाउसले प्रतियोगिता आयोजना गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्