काठमाडौं– गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत ‘किन किन’ सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा पुरुषोत्तम न्यैपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा दीपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी, दिप्सन लुइटेलको अभिनय रहेको छ। भिडियोमा बाल कलाकारको रूपमा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन्।
राजीव समर साहयक निर्देशक रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रीम पराजुलीको सम्पादन रहेको छ। भिडियोमा छोराले आफ्नो श्रीमतीको कुरा सुनेर आफ्नो आमा बाबुलाई बृद्धाआश्रमसम्म पुर्याएको देखाइएको छ।
निर्देशक थापाले अहिले नेपालमा भइरहेको वास्तविक कथालाई भिडियोमा उतारिएको बताए। त्यस्तै, गायक सोनाहाङ राई आफू गीतबाट निकै आशावादी भएको बताएका छन्।
हेर्नुहोस् भिडियो
प्रकाशित: १७ चैत्र २०७५ ०७:०० आइतबार