१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

इन्दिराको तीज कोसेली ‘नाचौँ मितिनी’

काठमाडौं– गीतकार दिनेश अधिकारीको शब्द तथा गायिका इन्दिरा भट्टराईको स्वरमा  ‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ। नेपाली मौलिकपन झल्किने उक्त ‘इन्दिरा इन्टरटेनमेन्ट’ले युट्युव च्यानलमार्फत बजारमा ल्याएको हो। नेपाली नारीको महान चाड हरितालिका तीजको अवसरमा बजारमा ल्याइएको उक्त गीतको बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। 

चर्चित कलाकारद्वय नितु कोइराला र सम्झना बुढाथोकीको मुख्य अभिनय रहेको उक्त क्यासेटमा घर र माइतीको सम्बन्धलाई निकट बनाउने प्रयास गरिएको छ। तीज पर्वका अवसरमा सो क्यासेट बजारमा ल्याइएको हो। यसमा हिन्दु नारीको तीजको विभिन्न पक्षलाई देखाइएको छ। 

यहाँ आज आयोजित कार्यक्रममा गीतकार अधिकारीले उक्त क्यासेटको विमोचन गरे। उनले महिलाले आफ्नो माटोको स्मरण गर्ने तथा माइतीसँग मिलन हुने सांस्कृतिक पर्वका रुपमा रहेको तीजले विविधतामा एकता थप्ने विश्वास व्यक्त गरे। दसैं र तिहारजस्ता पर्वबारे गीत लेखेको बताउँदै अधिकारीले चेलीको बालापनलाई महत्व दिई उक्त गीतको रचना गरिएको बताए।

गायिका भट्टराईले विभिन्न राजनीतिक आन्दोलनमा महिला सहभागिता भएको भए पनि उनीहरुमाथि हिंसा हुने गरेकामा चिन्ता व्यक्त गरिन्। नीतिगत रुपमा निर्णायक स्थानमा पुग्न महिलालाई निकै कठिन रहेको र अहिलेको अवस्थामा नारीका व्यथा, पीडालाई तीजको गीतमार्फत बाहिर ल्याइने गरिएको बताइन्। गीतमा भट्टराईको एकल आवाज रहेको छ। 

संगीतकार सन्तोष श्रेष्ठले उक्त गीतमा चयन गरिएका शब्द गाउँले जनजीवनमा प्रयोग हुने भएकाले राम्रो रहेको बताए। ‘संगीत र छायांकन हेर्दा गाउँ घरको झझल्को आउँछ’, उनले भने। 

‘नाचौं मितिनी’को कोरियोग्राफी भागिरथा गाहाले गरेका हुन्। राजु केसीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन तथा संगीत संयोजन सुदिप सागरले गरेका छन्।

प्रकाशित: २ श्रावण २०७६ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App