३ आश्विन २०८१ बिहीबार
image/svg+xml

१२ न्यायधीश सिफारिस: कांग्रेस र एमालेका १/१ गरी ६ सर्वोच्चमा, बाँकी उच्चमा

लामो समयपछि सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ।

विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।

कोशी प्रदेश सभा बैठक कात्तिक १ गते बस्ने

असोज २० गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक कात्तिक १ गते ११ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

हिउँ र पर्वत जोगाउने हो भने!

वैज्ञानिकहरूले पृथ्वीको सरदर तापमान लगातार बढ्दै जाँदा प्राकृतिक प्रणाली बिथोलिएको भन्दै पर्वत र हिउँ जोगाउन तापमान वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडभन्दा माथि जान दिन नहुने बताएका छन्।

मधेस प्रदेशको अधिवेशन अनिश्चित

गत असार ३१ गते अन्त्य भएको मधेस प्रदेशसभा अधिवेशन अझै सुरु भएको छैन। अधिवेशन सुरु नहुँदा महत्त्वपूर्ण विधेयक पारित हुन सकेका छैनन्।

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ।

प्रतिनिधि सभाको बैठक बस्दै, ४ जना मन्त्रीसँग प्रश्नोत्तर गरिने

आज ४ जना मन्त्रीहरूसँग सांसदहरूले प्रश्न गर्ने कार्यतालिका रहेको छ।

सिरहाको सर्रेअम्वासमा आज एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे सिरहाको धनगढीमाइ नगरपालिका–१४, सर्रेअम्वासमा बस्ने तय भएको छ। बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन्।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

एकीकृत समाजवादीको बैठक सुरु

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।

एमाले सचिवालय बैठक सम्पन्न, बागमती प्रदेश इन्चार्जमा गुरु बराल

नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ। आज बसेको बैठकले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्