४ वैशाख २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, ४ जना मन्त्रीसँग प्रश्नोत्तर गरिने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

दिउँसो १ बजे बस्ने बैठकमा आज ४ जना मन्त्रीहरूसँग सांसदहरूले प्रश्न गर्ने कार्यतालिका रहेको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म’ पनि आज पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८० ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App