१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml

‘बाइजुज’का संस्थापक रवीन्द्रनलाई सिंगापुरमा ६ महिना जेल सजाय

सिंगापुरको अदालतले रवीन्द्रनले अप्रिल २०२४ देखि फ्रिज गरिएको आफ्नो सम्पत्तिसँग सम्बन्धित धेरै आदेशहरू बारम्बार उल्लङ्घन गरेको ठहर गरेको छ।

सहयोग सङ्कलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभा : जनजीवनका समस्याबारे सरकारको ध्यानाकर्षण

सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

मानव अधिकार प्रवर्द्धनमा आयोगको भूमिकाको प्रशंसनीय छ: सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मानव अधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याएका छन्।

किम्फको २३औँ संस्करण : २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै

महोत्सवको उद्घाटन नेपालीमुलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित चलचित्र ‘शेप अफ मोमो’ को नेपाल प्रदर्शन भए देखी सुरु हुने भएको छ।

नेपालको ऊर्जा छलाङ : उत्पादनबाट उपभोग, निर्यातबाट औद्योगिकीकरणतर्फ

निजी क्षेत्रको लगानी, बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता, प्राविधिक क्षमताको विकास र सरकारी नीतिगत पहलले देशलाई ऊर्जा उत्पादनको नयाँ चरणमा पुर्‍याएको छ।

मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

सांसदहरुले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

एशियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालद्वारा चीनसामु १२६ रनको लक्ष्य

६ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल, चीन र इन्डोनेसिया समूह 'बी' मा रहेका छन् भने समूह 'ए' मा आयोजक मलेसिया, हङकङ र थाइल्यान्ड छन्।

'लालीबजार'को 'सहारा तिमी छौं' भिडियो सार्वजनिक

गत बैशाख २५ गतेबाट प्रदर्शनमा आएको सिनेमा लालीबजारले अहिले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।

प्रदेश संरचनामाथिको प्रश्नले सङ्घीयता कमजोर पार्छ : मुख्यमन्त्री पाण्डे

संविधानले दिएको अधिकार पूर्ण रूपमा हस्तान्तरण नगरी प्रदेशमाथि प्रश्न उठाउनु उचित हुँदैन। प्रदेशलाई काम गर्ने वातावरण, कानुनी अधिकार र वित्तीय स्वायत्तता दिएर मूल्याङ्कन गर्नुपर्छ।

इबोला प्रकोप : क्यानडाले सीमा सुरक्षामा गर्यो कडाइ

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपबाट हजारौँ मानिसहरुको मृत्यु भएको कारण इतिहासकै सबैभन्दा ठूलो तथा जटिल प्रकोप मानिन्छ।

एक ढिक्का भएर अघि बढ्नुको विकल्प छैन : महामन्त्री घिमिरे

महामन्त्री घिमिरेले नेपाली कांग्रेसले पार्टीले सरकारको १००औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र आफ्ना धारणा बनाउने बताए।

विद्यालय हिँडेका बालक एक सातादेखि बेपत्ता

विद्यालय समय सकेर बालक गौतम घर नफर्केपछि परिवारजनले सोही दिन विद्यालयमा सम्पर्क गर्दा उनी विद्यालय नै नआएको विद्यालयबाट जवाफ आएको थियो।

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी, १३ जेठः पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।

पक्राउ पुर्जीपछि वीरगन्जका मेयर सिंह आफैं अदालतमा उपस्थित, सुनुवाइ नभएपछि फर्किए

अदालतमा मुद्दाको अत्यधिक चाप रहेका कारण सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेपछि उनी फर्किएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्