१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूद्वारा शपथग्रहण

सङ्घीय संसद भवनको लोहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले १९ जना नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको हस्ताक्षर सनाखत सुरु

कोसी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूको सनाखत सुरु भएको छ।

विदेश भ्रमणमा ‘मितव्ययी सरकार’

प्रधानमन्त्री दाहाल अमेरिका गएकै भोलिपल्ट सभामुख आयरल्यान्ड गएका छन्। उनीहरू विदेशमा रहेकै बेला केही मन्त्री र राज्यमन्त्री पनि विदेश भ्रमणको तयारीमै छन् भने कतिपय सांसदहरू अमेरिका पुगिसकेका छन्।

प्रतिनिधि सभाको बैठक बस्दै, ४ जना मन्त्रीसँग प्रश्नोत्तर गरिने

आज ४ जना मन्त्रीहरूसँग सांसदहरूले प्रश्न गर्ने कार्यतालिका रहेको छ।

‘बेरुजु फर्छ्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्छ’

सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना गराउन भूमिका खेल्नुपर्ने धारणा लेखा समितिको मङ्गलवारको बैठकमा सांसदहरूले राखेका छन्।

अर्थमन्त्री महतको जवाफले सांसदहरू बेखुस

अर्थमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले आगामी आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि उठाएका प्रश्नको जवाफ दिए पनि सांसदहरूले असहमति जनाएका छन्।

सांसद विकास कोषप्रति मेयर बालेनको कटाक्षः सांसदहरू वडा अध्यक्षको लेबलमा आए

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि सांसाद्हरुप्रति कटाक्ष गरेका छन्। उनले आज सामाजिक संजालमा अब सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्।

विवादित सांसद विकास कोष ब्युँताइयो

सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरूले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ५ करोड रूपैयाँका दरले बजेट छुट्याएको छ।

‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग

‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।

बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्न सक्ने

यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू आरजु राणा देउवा र मन्जु खाण, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सातजनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्नेगरी सिफारिस गरेको छ।

लोकतन्त्रको रक्षा र गणतन्त्र सुदृढीकरण गर्ने दाबी

सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।

एफएनसीसीआई र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल र एफएनसीसीआईका पदाधिकारीबीच महासंघ सचिवालयमा अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू बारे बृहत् छलफल भएको छ।

संसद् पुन: स्थापनापछि सांसदहरू खुसी

सांसदहरूले जिज्ञासा राखे पनि माधव नेपाल समूहले अहिले देउवा सरकारको पक्षमा मतदान गर्ने नगर्ने विषयमा कुनै निर्णय भने गरेको छैन। सर्वोच्च अदालतले गरेको फैसलाले संविधानलाई एउटा बाटोमा लगेको एमाले बाहेक अन्य सांसदको भनाइ छ।

सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरूको माग

प्रतिनिधिसभाको बैठकमा सोमबार विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्