१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको बैठक सुरु

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिट ब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

आगामी भदौ ५, ६ र ७ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। बैठकमा पार्टीको महाधिवेशन लगायत विषयमा छलफल हुने बताइएको छ।

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। पोलिट ब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए।

प्रकाशित: १९ श्रावण २०८० ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App