१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिरहाको सर्रेअम्वासमा आज एमाले सचिवालय बैठक बस्दै

सिरहाको धनगढीमाइ नगरपालिका–१४, सर्रेअम्वासकाे एक घर। यहाँ नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। तस्बीरः मिथिलेश/नागरिक

नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे  सिरहाको धनगढीमाइ नगरपालिका–१४, सर्रेअम्वासमा बस्ने तय भएको छ। बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन्। साथै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ।

सर्रेअम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए। २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो। त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा सचिवालय बैठक आयोजना गरेको हो।

सर्रेअम्बासमा मदन भण्डारी स्मृति विद्यालय छ। त्यसैगरी मदन भण्डारी पार्क निर्माण गरेर राजनीतिक पर्यटनको विकास गर्ने, पुस्तकालय स्थापना गर्ने योजना रहेको पोलिटव्युरो सदस्य एवं सिरहा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले बताए। सोही बैठकस्थलमा ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको एमाले अध्यक्ष केपि शर्मा ओलीले शिलान्यास गरिनेछ।

जसमा झापा, छिन्ताङ, नख्खु जेल ब्रेक र सिरहामा सहादत प्राप्त गरेका सहिदहरुलगायत कम्युनिष्ट आन्दोलनको ७५ वर्षे इतिहासमा योगदान दिने सहिदहरुको नाम स्तम्भमा समेटिनेछ।

प्रकाशित: १३ भाद्र २०८० ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App